२०७९ श्रावण ११, बुधबार ०७:३४

रौतहटको दोश्रो बसपार्कको रुपमा सुविधा सम्पन्न मौलापुर बसपार्क सञ्चालनमा आएको छ ।

पूर्व मन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले मंगलवार एक कार्यक्रमका बीच मौलापुर बजार स्थित नव निर्मित बसपार्कको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालय काठमाण्डुको झण्डै १३ करोडको लागतलमा निर्माण भएको बसपार्क एमाले नेता साहले उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ । चार विघा क्षेत्रफलमा मौलापुर बजार भन्दा पूर्व निर्माण भएको बसपार्क रौतहटको दोश्रो बसपार्कको रुपमा रहेको छ । यो भन्दा अघि जिल्लामा एक मात्र बसपार्क गौर बसपार्क सञ्चालनमा रहेको थियो तर मौलापुरमा अर्को बसपार्क सञ्चालनमा आएपछि जिल्लामा बसपार्कको संख्या दुई पुगेको छ । रौतहट क्षेत्र नं ३ का सांसद समेत रहेका एमाले नेता साहले आजभन्दा तीन वर्षअघि शहरी विकास मन्त्री हुँदा स्मार्ट सिटीको रुपमा विकास भइरहेको मौलापुरमा उक्त बसपार्कको शिलान्यास गरेका थिए । मौलापुरमा बसपार्क नहुदाँ सावारी साधन पार्किङ्ग गर्न निकै समस्या हुदै आएको थियो । त्यहाँ बसपार्क पार्किङ्ग स्थल नहुदाँ सावरी साधनहरु सडकमै पार्किङ्ग हुदै आएको थियो तर अब बसपार्क निर्माण भइ सञ्चालनमा आएपछि सवारी साधन पार्किङ्ग गर्न निकै सहज भएको छ । उक्त बसपार्क भित्र एक प्रशासनिक भवन, टिकट काउण्टर, यात्रु प्रतीक्षालय, सुविधा सम्पन्न शौचालयको व्यवस्था गरिएको छ । मौलापुर बसपार्कबाट रौतहटको विभिन्न स्थानका साथै बाराको कलैया, वीरगञ्ज, काठमाण्डु, पोखरा लगाएत ठाउँका लागि बस सेवा पाउने भएको छ ।

बसपार्क उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सांसद प्रभु साहले मौलापुरमा अत्याधुनिक एवं सुविधा सम्पन्न बसपार्क निर्माणले मौलापुर सहित आसपास क्षेत्रको मुहार नै फेरिने बताएका छन । विगत लामो समय पश्चात मात्र यहाँ बसपार्क स्थापना गर्न पाउदा निकै खुसी महसुस भएको उनले बताए । नवनिर्मित बसपार्क मौलापुरको मात्र नभई सिंगो रौतहट जिल्लाको विकासमा एउटा कोशेढुंगाको रुपमा सावित हुनेछ भनी विश्वास लिएको उनले बताए । बसपार्क उद्घाटन कार्यक्रममा गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाल, मौलापुर नगरपालिकाकी मेयर रीना देवी साह, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनिया देवी पटेल लगाएतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News