२०७९ श्रावण ११, बुधबार ०७:५४
लामो समय देखि अब्यवस्थित रहेको बाराको परवानीपुर बजार ब्यवस्थित गर्ने कार्य सुरु भएको छ ।
परवानीपुर गाउँपालिका वडा नं ३ स्थित परवानीपुर बजार क्षेत्रलाई गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद पटेलको अगुवाईमा बजार ब्यवस्थित गर्ने अभियान सुरु भएको हो । अभियान अन्तर्गत सड्क पेटि तथा अव्यवस्थित रुपमा रहेको गुम्ती पसल, गिटी, बालुवा, लगायतका वस्तुहरूलाई मंगलवार देखि हटाएर बजारलाई व्यवस्थित बनाउने कार्य भईरहेको छ । गाउँपालिका अध्यक्ष क्षेत्रीले सडक वा मानिस आवतजावत गर्ने पेटिमा यस्ता क्रियाकलाप नगर्न आग्रह गरेका छन् । बजार अब्यवस्थित रहँदा सवारी साधनहरु आवतजावत समस्या र दुर्घटनाको जोखिम थियो ।बजार ब्यवस्थित गर्ने अभियानमा जनप्रतिनिधि ,कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

