२०७९ श्रावण ११, बुधबार ११:४८

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाल सुन अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँले घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो।

Comment

Related News

Latest News

Trending News