अपडेट 
२०७९ श्रावण १२, बिहीबार ०७:१५

, दक्षिण तथा पश्चिमतिरबाट भारतीय भूभागद्वारा घेरिएको छ भने उत्तरतिरको भाग चीनको स्वशासित क्षेत्र तिब्बतद्वारा घेरिएको छ । यसरी तीनतिरबाट विशाल भारत र एकतिरबाट विशाल चीन हाम्रो छिमेकी रहेका छन् । क्षेत्रफलको हिसाबले हाम्रो देश निकै सानो आकारमा रहे पनि प्रोटोकल हिसाबले नेपाल समान हस्तिमा रहेको छ । तर एउटा कुरालाई सधैं ख्याल गर्नु पर्ने के छ भने यी दुबै विशाल देशसँगको सम्बन्ध पनि विशाल आत्माले राख्नु पर्दछ । नेपाल–भारत बीचको खुल्ला सीमाले गर्दा, भारतसँग बढी नजिक हुनु स्वभाविकै रहेको देखिन्छ । नेपाल–भारत बीचको सम्बन्धमा अलिकति पनि चिसोपना आउँदा दुबै देशको सरकारलाई मात्र होइन दुबै देशका जनताले समेत नराम्रो असर अनुभव गर्न थाल्छन् । यसको मूल अर्थ अन्य देशको तुलनामा नेपाल भारत बीचको सम्बन्ध अतुलनीय छ । प्रत्येक आफ्त विपत्को समयमा यी दुबै देश एक अर्कालाई सहयोग गर्न कहिले पनि पछि परेका छैनन् । अहिले सार्क देशहरू मध्ये भारतबाहेक लगभग सबै देश आर्थिक मन्दीको सामना गरि रहेका छन् । नेपाल पनि यसबाट अछूतो रहेको देखिँदैन । नेपाल लगभग पूर्णरूपेण भारतमाथि निर्भर छ । नेपाल–भारत बीचको व्यापार जहिले पनि असन्तुलन अवस्थामा रहेको छ । अन्य देश जस्तै भारतले यदि व्यापारिक सन्तुलन खोज्यो भने नेपालको हालत के होला विचार गर्ने कुरा हो । अहिले श्रीलंकाको हालत हेर्दा सबै देशहरू सहानुभूति त प्रकट गर्न सक्छन् त्यस बाहेक अरू के दिन सक्छन् र ! अहिले विश्व पुनः दुई ब्लकमा विभाजित भएका छन् । रूस र यूक्रेनका बीचमा भइरहेको युद्धमा रूस, चीन, भारत, उत्तरी कोरिया, क्यूवा लगायतका देशहरू एउटा ब्लकमा उभिएका छन् भने अमेरिका, ब्रिटेन, फ्रान्स, जर्मनी, जापान लगायतका देशहरू अर्को पक्षमा रहेका छन् । यस युद्धमा नेपाल समेत अर्को ब्लकमा आफ्नो उपस्थिति देखाएको छ ।

त्यसै कारणले होला अमेरिकी एसपीपी साझेदारी सम्झौताबाट पछि हट्न चाहेको छैन । अधिकांश पार्टीहरू यस सम्झौतालाई रद्द गर्नका लागि पत्राचार गर्न भने पनि अहिलेसम्म पत्राचार भएको देखिँदैन । नेपालले असंलग्न परराष्ट्र नीतिको मान्यताले रूसको पक्षमा उभिएको देखिएन । असंलग्न परराष्ट्र नीतिको मान्यताले तटस्त बसिदिएको भए हुन्थ्यो । त्यसो गर्न सकेन । यसबाट भारत चीन बसेको पक्ष भन्दा बेग्लै बस्नु भविष्यमा कति हितकर हुने हो भविष्यले बताउँछ । नेपाल–भारत सम्बन्धतिर फर्केर हेर्दा बीच÷बीचमा आरोह÷अवरोह आए पनि सामान्यतः सम्बन्ध विग्रेको देखिँदैन । कहिले काँही दुबै देशका सरकारमा सामान्य रूपले केही फरक परेपनि त्यति ठूलो विवाद देखिएको छैन । यसभन्दा विगतका निवर्तमान ओली सरकारसँग भारत नेपालको सम्बन्धमा अवरोध आएको भए पनि अहिले सुधारको अबस्था छ । भारतीय सरकार तथा जनताको के सोचाइ छ भने विगतमा नेपाल चीन मुखी भएको थियो । भारततिर हेर्ने नजरिया नै फरक देखिन्थ्यो । ओली सरकारको पालामा राजनैतिक कुरामा मात्र होइन सांस्कृतिक कुरामा समेत सम्बन्ध विग्रन लागेको थियो । अयोध्या जस्तो पुरानो तथा परम्परागत रूपमा रहेको अयोध्यालाई नक्कली ठानी हाम्रै देशको चितवनको ठोरीमा वास्तविक अयोध्या रहेछ भने दलील दिन थाल्नु भयो । नेपाल भारतको धार्मिक तथा सांस्कृतिक कुरालाई हामी छुट्याउन सक्दैनांै । एकदेशका धार्मिक स्थलहरू अर्को देशको आस्थासँग जोडिएका छन् । यसलाई कसैले पनि तोड्न सक्दैन । दुबै देशको सम्बन्ध सुधार गर्न नेपालमा जानकार कुटनीतिज्ञको अभाव देखिन्छ । पैसा र सोर्स– फोर्सको बलमा राजदूत बन्छन् भने कुटनीति बारे राम्रो ज्ञान हुँदैन, जसले गर्दा सुल्झिएको समस्यालाई झन बिगारेर आउँछन् । हामी सबैलाई थाहा छ कि नेपाल भारतको बीचमा केही ठाउँमा सीमा विवाद छ त्यसलाई सुधार गर्न दुबै देशको इच्छा जाग्रित हुनु पर्छ । यस्ता जाग्रित गराउन कुटनीतिज्ञहरूका बढी भूमिका हुन्छन् । यसमा हामी समय समयमा चुकै कै छौं । हामीलाई थाहा छ यस्ता समस्या सैन्यवलको प्रयोगबाट सुधार्न सक्दैनौ । त्यसैले यस्ता काम जानकार कुटनीतिज्ञले मात्र गर्न सक्छन् । तर त्यस्ता व्यक्तित्वलाई सरकारले छनौट गर्दैन बरू आफ्ना मान्छे जस्तो सुकै भए पनि पठाउने गरेका छन् ।

भारतीय सरकारको निमन्त्रणामा यहाँका सरकारका मंत्रीहरू तथा नेताहरू भारत भ्रमणमा जाँदा यस्ता कामको चर्चा समेत नगरेर फर्केका सैकडौं उदाहरण छन् । अहिले केही दिन पहिले नेपाली प्रधानमंत्री शेरबहादुर देउवा भारतीय प्रधानमंत्री मोदीको निमन्त्रणामा गएका थिए । राष्ट्रका लागि के गरेर आए अतो पतो छैन । नेपाली रेल संचालनको उद्घाटन बाहेक केही देखिएन । भारतसँग थुप्रै कुरा लिन सकिन्छ । भारत अहिले विश्वको सुपर पावर नजिक रहेको देखिन्छ । भारत नचाहेमा हाम्रो देशका ठूलठूला विकासका स्तम्भहरू लडखडाउन सक्छन् । त्यसैले नेपाली सरकार जहिले पनि भारत प्रति चनाखो भएर काम गर्नु पर्दछ । यहाँका नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता समेत आफ्ना कुरालाई राम्ररी लागू गराउन सकिराखेका छैनन् । भर्खर केहि दिन पहिले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय जनता पार्टीको निमन्त्रणामा भारत गएका थिए । यहाँबाट जाने दिन भन्दा केही पहिले देखि मोदीसँगको भेटेको हल्ला समेत चलाइएको थियो । त्यहाँ पुग्दा पार्टीका अध्यक्ष जेपी नड्डासँग भेट त भयो तर भारतीय प्रधानमन्त्री मोदीसँग भेट भएन । यस बारे पनि विभिन्न अड्कल बाजी गर्न थालेका छन् । कतिको के भनाइ छ भने पार्टी कार्यालयमा सकारात्मक कुरा नमिलेकै कारण मोदीसँग भेटघाट हुन सकेन । कतिले त के अनुमान गरेका छन् भने मोदीका पार्टी भारतीय जनता पार्टी एउटा दक्षिणपंथी पार्टी हो र प्रचण्डको पार्टी नेकपा (माके) एउटा वामपंथी पार्टी हो । पुष्पकमल बिगतमा निकै ठूलो बितण्डा मचाएर सरकारमा आएका छन् । अहिलेको ह्वीम के देखिएको छ भने भारतमा हिन्दूका आवाजलाई जोडतोरका साथ उठाएका छन् । यसलाई हेरेर भारतीय विपक्षी पार्टीहरू निकै चिढिएका छन् । भारतीय जनता पार्टी चाहन्छ कि नेपाल हिन्दू राष्ट्र घोषणा गरेर संवैधानिक राजालाई गद्दीमा आसीन गराओस् । नेपाली जनता पनि यिनीहरूका कामलाई हेरेर के कारणले हिन्दू राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्रमा ल्याइयो भने सन्तुष्ट गर्न सकिराखेका छैनन् । विश्वमा कुनै पनि मुस्लिम राष्ट्र आफ्नो देशलाई धर्म निरपेक्ष बनाएको छैन । नेपालमा अस्सी प्रतिशतभन्दा बढी हिन्दू रहेका भए तापनि धर्म निरपेक्ष कायम गर्नु मुर्खता बाहेक अरू केही हुन सक्दैन । नेकपा (माके) का नेताहरू धर्म निरपेक्षतामा बढी जोड दिएका थिए । नेपाली काँग्रेस तथा नेकपा (एमाले) लाई के बाध्यता थियो भने यता राजा ज्ञानेन्द्र महेन्द्र पथ लागु गरेर सबैलाई जेल हाल्न तयारी अवस्था देखिन्थे । यिनीहरूलाई धर्म निरपेक्षता तथा गणतन्त्र स्वीकार गर्नु वाध्यता थियो ।

अहिले केही पार्टीहरू हिन्दू राष्ट्र कायम गर्न जुर्मुराए पनि खुल्ला रूपमा आएको देखिँदैन । उता भारतीय जनता पार्टी तथा भारतीय सरकार सोझो रूपमा हिन्दू राष्ट्र तथा राजाको पुनर्वहाली गराउन तत्पर देखिन्छ । नेपाल हिन्दू राष्ट्र हुँदा भारतीय हिन्दूहरू मात्र होइन, विश्वका हिन्दूहरू गौरब गर्ने छन् । भारतीय प्रधानमंत्री मोदी जुन जुन बेला नेपाल भ्रमणमा आएका छन् ती ती बेला यिनीहरूका मनोविज्ञान बुझ्न कोसिस गरेका छन् । यस राष्ट्रलाई भारतीय हिन्दूहरू अति पवित्र राष्ट्रको रूपमा चिन्हेका छन् । भारतीय प्रधानमंत्री मोदी नेपालको प्रमुख तीर्थ स्थलहरूमा पटक पटक आफ्नो उपस्थिति जनाइ सकेका छन् । चाहे काठमाण्डौका पशुपतिनाथ होस् वा जनकपुरधामको जानकीमंदिर पटक पटक दर्शन गरेका छन् भने पश्चिम नेपालको मुक्तिनाथ तथा लुम्बिनीको गौतम बुद्धलाई दर्शन गरेर नेपालका यी धर्म स्थानहरूका महत्वलाई निकै उँचाइमा पु¥याउने काम गरेका छन् । वितेका केही महिना अघि मोदी लुम्बिनीमा दर्शन गर्न आउँदा लुम्बिनीको विवादलाई सदाका लागि अन्त गरिदिएका छन् । कतिपयले लुम्बिनी भारतमा छ र गौतम बुद्ध भारतमै जन्म लिई ज्ञान आर्जन गरेर तपस्वी जीवन बिताउँदै मोक्ष सम्बन्धी ज्ञानको प्रचार प्रसार गर्दै भारतमै स्वर्गारोहन भएको प्रमाण छ, भनेका थिए । यस्तो ठूलो विवादलाई मोदीले मिनटमा मिटाउने काम गरेका छन् । वहाँ बधाइका पात्र हुनुहुन्छ । यसले के देखाउँछ भने भारत नेपालसँग एकदम सुम्धुर सम्बन्ध चाहन्छ । भारतीय सरकारदेखि जनता समेतले नेपालसँग सम्बन्धमा अमिलो नथपियोस् भने चाहन्छन् नेपालीहरू पनि त्यस्तै सम्बन्ध कायम गरेर अगाडि बढ्नु पर्छ । यसमा भारतीय सरकारसँगको सम्बन्ध कहिले पनि तल माथि हुनुँहुदैन । नेपालका नेताहरूमा दुरदृष्टीको अभाव देखिन्छ । भारतीय जनता पार्टीका नेताहरूसँग यस्ता पाठ सिक्नु पर्दछ । अहिले भारतीय राष्ट्रपतिको निर्वाचनमा आदिवासी जनजाति समूहबाट द्रौपदी मूर्मुलाई अगाडि बढाएर सो पदमा समेत आसिन गराइ विश्वलाई के देखाउन खोजेका छन् कि भारतीय जनता पार्टी माथिल्ला जातिहरूका पार्टी मात्र होइन । देशका पिछडिएका समूहलाई समेत साथ लिएर जान खोजेको अनुभूति गराउन खोजेको देखिन्छ । भारतमा भारतीय जनता पार्टीलाई मुस्लिम विरोधी पार्टीको रूपमा कट्टर मुस्लिमहरू हेरेका छन् ।

तर त्यही भारतीय जनता पार्टी देशको सर्वोच्च पद राष्ट्रपतिमा एजेपी कलामलाई आसीन गराउँदा त्यो के गल्ति थियो त ! नेपालले पनि यस्ता कुराबाट सिख लिने कि नलिने । सबै पार्टीहरूले गणतन्त्रलाई जोगाउन यस्ताबाटो समात्नुस् होइन भने तपाईहरूको हाल हिजो जस्तो नहुने के ग्यारेन्टी छ र ! यस्ता सम्मानित पदहरूमा देश भित्रका छुटेको समूह अर्थात राज्यसत्ता भन्दा बाहिर रहेका समूहलाई पनि याद गर्नोस् । समानुपातिकतिर छनौट गर्दा देशका बुद्धिजीबी, प्राध्यापक, प्रशासक, व्यापारी, उद्योगपति, राजनीतिज्ञ, वैज्ञानिक आदि समूहलाई लिएमा यिनीहरू आ–आफ्ना विशिष्ट योगदान प्रदर्शन गर्न सक्छन् । देशलाई अग्र दिशातिर बढाउन मद्दत गर्न सक्छन् । हालसम्म यस्तो भै राखेको देखिएन । जसलाई नियुत्ति गर्छन, त्यसमा पार्टीको छाप हेर्ने गर्दछन् । विद्वान पार्टी भन्दा माथि हुन्छन् । उनीहरूलाई उचित स्थान दिनु पर्छ । भारतीय जनता पार्टी भित्र अनेक विद्वान, कट्टर कार्यकर्ता भए पनि देशको सर्वोच्च स्थानमा एजेपी कलाम, रामनाथ कोविन्द, द्रौपदी मूर्मु जस्ता व्यक्तित्वलाई स्थान दिनु भनेको पार्टीका लागि मात्र होइन देशकै लागि एउटा ठूलो देन दिन सक्ने कुरामा दुई मत हुन सक्दैन् । अस्तु लेखक त्रिविका निबृत सह–प्राध्यापक तथा अन्वेषक हुनुहुन्छ ।

Comment


Related News