
रौतहटको पालिकाहरुले आफैले गरेको निर्णय कार्यान्वयन गर्नबाट पछि हटन थालेका छन् ।
करार र डोर हाजिरीमा काम गर्दै आएका कर्मचारीहरुको साउन १ गतेदेखि म्याद थप नगर्ने निर्णय जिल्लाको अधिकांश पालिकाहरुले गरे पनि अहिले त्यो निर्णय कार्यान्वयन गर्न पछि हटेको छ । िज ल् ल् ा ा क ा े माधवनारायण, गरुडा, इशनाथ, राजपुर, मौलापुर, कटहरिया लगायतका पालिकाहरुले गएको असार मसान्तमा सूचना नै प्रकाशित गरी साउन १ गतेदेखि नगरभित्रका सम्पूर्ण करार कर्मचारीहरुको म्याद थप नहुने जनाएको थियो । पालिकाहरुले प्रकाशित गरेको सूचना अनुसार साउन १ गतेदेखि नै करार कर्मचारी कामकाजबाट हटनुपर्ने थियो । तर गरुडा र कटहरिया नगरपालिका बाहेक अधिकांश पालिकाले अझै करार कर्मचारीलाई हटाउन सकेका छैन । गरुडा र कटहरिया नगरपालिकाले साउन १ गते नै करार कर्मचारीहरुलाई कामकाजबाट हटाइ नयाँ कर्मचारी भर्ना प्रक्रिया समेत शुरु गरिसकेको छ । तर माधवनारयण लगायतका पालिकाले अझै पुरानै करार कर्मचारीलाई खटाई रहेको देखिएको छ । पुरानै कर्मचारीलाई राख्ने कि हटाउने भन्ने बारेमा पालिकाले अझै कुनै ठोस निर्णय लिन नसक्दा माधवनारायण नगरपालिका भित्रमा काम गर्ने करार कर्मचारीहरु अन्योलमा परेका छन् । करार कर्मचारीलाई साउन १ गतेदेखि हटाउने निर्णय गरेर अहिलेसम्म नहटाउनुले माधवनारायणका जनप्रतिनिधिहरु करार कर्मचारीसँग रकमी चलखेल गरी फेरि उनीहरुलाई नै राख्ने दाउमा रहेको स्थानीयहरुले आशंका व्यक्त गरेका छन् । नयाँ कर्मचारी भर्ना गर्ने र करारेहरुसँग रकम असुल गर्नको लागि नै जनप्रतिनिधिहरुले सूचना निकालेको कतिपयको बुझाई छ ।
नयाँ कर्मचारी राख्ने भएको भए अहिलेसम्म पुरानोलाई हटाएर नयाँ भर्ना प्रक्रिया शुरु गरिसक्नुपर्ने थियो । तर अहिलेसम्म पालिका यस विषयमा मौन बस्नुले पुरानैलाई फेरि राख्न लागेको कुरा सजिलै बुझन सकिने माधवनारायण नगरपालिका २ का फेकन रायले बताए । यस विषयमा माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवसँग प्रतिक्रिया लिदा करारेसँग कुनै प्रकारले आर्थिक लाभ लिने योजना आफूहरुको नरहेको र कार्यपालिका बैठक बस्न ढिलो हुँदा निर्णय कार्यन्वयन गर्न पनि ढिलाइ भएको बताए । अबको केही दिनमा कार्यपालिका बैठक बस्ने र सोही बैठकबाट करार कर्मचारीलाई हटाउने वा फेरि राख्ने भन्ने बारेमा निर्णय गर्ने उनले जनाए । मेयर यादवले उपमेयर निर्मला देवीसँग कुनै सरसल्लाह नै नगरी आफना निजी लेटरपैडमा साउन १ गतेदेखि करार कर्मचारीहरुको म्याद थप नगर्ने सूचना निकालेका थिए । तर अहिले कार्यपालिका बैठकको बहाना बनाई आफूले गरेको निर्णय कार्यान्वयन गर्नबाट पछि हटेका छन् ।