२०७९ श्रावण १३, शुक्रबार ०७:०२

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीले जिल्लाका १० जना उद्यमीहरुलाई आफ्नै उद्योग व्यवसाय संचालनका लागि विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

दलितको आर्थिक सशक्तिकरणका लागी लघु उद्यम बिकास परियोजना कार्यक्रम अन्तर्गत दलित समुदायका उद्यमीहरुलाई उनीहरूको गर्न चाहेको र गर्दै आएको व्यवसाय संचालनमा सहयोग पुर्याउने लक्ष्यले सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष राजेश पासवानले बताए । संस्थाको मलंगवा स्थित आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नन्दलाल राम, दलित अधिकारकर्मी बिनोद कुमार राम , सर्लाहीका कार्यक्रम अधिकृत गोबिन्द कुमार पासवान, लघु उद्यम सहजकर्ता कृष्ण तिरुवा लगायत उद्यमीहरुको उपस्थितिमा जयनारायण महरालाई जुता सिउने मसिन, निप्पु रामलाई किराना पसल संचालन गर्न डिजिटल तराजु , श्रीचन महरालाई साईकल मरमतको लागि टायर र हवा कस्ने पम्प चन्द्र कला बिकलाई सिलाई मेसिन, अन्जना पासवानलाई बंगुर पालनको लागि ओभर हेड टंकी हस्तान्तरण गरिएको अध्यक्ष पासवानले जानकारी दिए

Comment


Related News

Latest News

Trending News