अपडेट 
२०७९ श्रावण १३, शुक्रबार ०८:०६

महावाणिज्य दुतावास वीरगजद्धारा हेपाटाटिस रोकथामका लागि छलफल गरेको छ ।

दुतावासले विश्व हेपाटाइटिस दिवस मनाउने सन्दर्भमा विहिबार सरोकारबलाहरुसँग छलफल गरेको हो । दुतावासले विज्ञप्ती जारी गर्दै हेपाटाइटिसका कारण, लक्षण, रोकथाम र उपचारको विषयमा द्धलफल भएको जनाएको छ । छलफलमा इन्टरनल मेडिसिनका चिकित्सक तथा विज्ञहरुको सहभागिता थियो । छलफलमा नारायणी अस्पतालका डा. निरज सिंह, नारायणी मेडिसिटी बयोधाका डा. अभिषेक सिंह, निजी चिकित्सक डा. राकेश झा र नेसनल मेडिकल कलेजका डा. जितेन्द्र मिश्रको सहभागिता रहेको विज्ञप्तीमा उल्लेख छ । कार्यक्रममा महावाणिज्य दूत नितेश कुमारले विश्वभर र विशेष गरी भारतीय उपमहाद्वीपमा हेपाटाइटिसको खतरा बारे प्रकाश पार्दै रोगसँग लड्नमा जोड दिए । उनले जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रुपमा मनाउनुको कारण बारे पनि प्रष्ट पारे । कार्यक्रममा सहभागि चिकित्सकहरुले हेपाटाइटिसको कारण, प्रकार, लक्षण, रोकथाम र उपचारको बारेमा सहभागीहरूलाई अवगत गराएका थिए । उनीहरुले रोगसँग जोडिएको सामाजिक कलंक बारे पनि प्रकाश पार्दै बिरामीहरूलाई दयालु र सकारात्मक रूपमा व्यवहार गर्न सुझाव दिए । उनीहरुले हेपाटाइटिसको खोप निकै प्रभावकारी भएकोले बिरामीलाई खोपको आवश्यकता औल्याए ।

Comment


Related News