२०७९ श्रावण १४, शनिबार ०७:३५

उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले कृषि सडकको अनुगमन गरेका छन ।

नगर प्रमुख साहले शुक्रवार उपमहानगरपालिकाको वडा नं. २० स्थित देवपुरादेखि घांघर नदीसम्म पर्ने कृषि सडक खण्डको अनुगमन गरेका हुन । त्यहाँका किसानहरुलाई कृषि कार्यमा सरलता प्रदान गर्न तथा उत्पादनलाई सहज र सरल ढंगले बजारसम्म पुर्याउन कृषि सडक मर्मत र निर्माण गर्न अनुगमन गरिएको हो । उनले पुरानो कृषि सडक अतिक्रमणमुक्त बनाई त्यसको संरक्षणका लागि स्थानीयले सचेत गराइ रहनुपर्नेमा जोड दिँदै कृषि सडकका लागि बजेटको अभाव नहुने स्थानीयलाई आश्वासन दिए । उनले नगरको कृषि क्षेत्रमा पनि सडक निर्माणले नगरपालिकाको सौन्दर्य बढ्दै गएको बताए । सडक नहुंदा स्थानीय किसानहरु घरमा बाली भित्र् याउन तथा कृषि कर्मका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए । सो सडकमा ठूलो कल्भर्ट नभई पश्चिमतिरको खेतमा कृषि औजार पुग्न नसकेर क्षति व्यहोर्नु परेको छ । चाडै कल्भर्ट निर्माण गरी कृषि कार्यलाई सहज बनाईने उनले बताए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News