अपडेट 
२०७९ श्रावण १४, शनिबार १६:३१

नेपालमा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ७९ पिरिआर परिक्षणका क्रममा २ सय ९२ जना र १ हजार ९ सय २० एन्टीजेन परिक्षणका क्रममा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना कारण ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप २ सय ७७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार ९ सय ६५ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News