२०७९ श्रावण १५, आईतवार ०७:२२

मिटर ब्याजीलाई कारबाहीको माग गर्दै सर्लाहीका जनताहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

सर्लाही जिल्लामा रहेका केही साहु महाजनले यहाँका सोझासाझा जनताहरूलाई विभिन्न कामको लागि भनेर पैसा ब्याजमा दिंदा सवा रकमको चार गुना बढीको तमसुक गराई, दृष्टिबन्धक तथा रजिष्ट्रेशन समेत गराइ चर्को ब्याज दरमा ऋण दिने गरेकोले त्यस्ता मिटर ब्याजीहरूलाई आवश्यक कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापन पत्र बुझाइएको छ । हरिपुवाका गणेश कुमार यादव, मलंगवाका मुकेश पंडित, कौडेनाका मो.हुसैन खान, ब्रह्मपुरीका बिजय कुमार यादव, विष्ण गाउँपालिकाका मनोज कुमार यादव, उमेश राय र कबिलासीका राम गोविन्द यादवसहितको टोली जिल्ला प्रशासन कार्यालय मलंगवा स्थित प्रजिअ गौतमको कार्यकक्षमै पुगेर उक्त ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा सर्लाहीका केही मिटर ब्याजी साहुहरुले ऋणीसँग सम्पूर्ण पैसा चुक्ता गराइसक्दा पनि तमसुक कागज फिर्ता नगरी उल्टै साहुले केही समयपछि सोही रकमको नयाँ तमसुक गराइ पुरानो तमसुक फिर्ता गर्नुको साटो पैसा नतिरेको भन्दै पुरानै तमसुकबाट ऋणी माथि मुद्दा चलाउने जस्ता कार्य गर्दै दृष्टि बन्धक तथा रजिष्ट्रेसन गराइएका जग्गा मनोमानी ढंगले बिक्री गरी सोझासाझा ऋणीलाई उठिबास बनाएको उल्लेख छ । त्यस्ता मिटर ब्याजीहरुको बारेमा नेपाल सरकार गृह मन्त्रालयको मिति २०७९ जेष्ठ २७ गते जारी गरिएको परिपत्र अनुसार त्यस्ता ब्यक्तिलाई कारबाही गर्न आदेश दिइसकेको भएपनि सो अनुसार हालसम्म कसैलाई कारबाही नगरिएकोले पीडित ब्यक्तिहरुबाट लिखित निवेदन लिइ मिटर ब्याजीहरु उपर आवश्यक कारबाहीको लागि ज्ञापनपत्र मार्फत प्रजिअको ध्यानाकर्षण गराएको छ ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=KDqAg-j0vPw

Comment


Related News

Latest News

Trending News