२०७९ श्रावण १५, आईतवार ०७:४३

सप्तरीमा नेपाली कांग्रेसको एक कार्यक्रममा तोडफोड भएको छ ।

निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रममा नेवि संघका एक पदाधिकारीलाई आसन ग्रहण नगराउँदा तोडफोड भएको हो । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनियाका २८ वर्षीय रंजन यादवले स्व. विपि कोइरालाको तस्बिर राखिएको टेबुल उचालेर तोडफोड गरेका थिए । तोडफोड गरेपछि प्रहरीले यादवलाई पक्राउ गरेको छ । यादवले आफूलाई कार्यक्रमका उद्घोषक कांग्रेस सप्तरीका सचिव सनत मण्डलले आसनग्रहण नगराएको भन्दै उनी आक्रोशमा आई तोडफोड गर्दा कार्यक्रम नै केही समय रोकिएको थियो । यादव नेवि संघको प्रचारप्रसार समितिका सदस्य रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले अनुशासन विपरीत कार्य गर्ने रंजनलाई पार्टी संगठनबाट समेत कारवाही गरिने जनाए । केही समयपछि सुरु भएको कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसबाट निर्वाचित भएकाहरुलाई सम्मान गरिएको थियो ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले सप्तरीमा तीन नगरपालिका र दुई गाउँपालिकामा मेयर÷उपमेयरसहित पाँच पालिका जितेर जिल्लामा पहिलो पार्टी बनेको छ । क ा र्य त्र m म ल ा र्इ सम्बोधन गर्दै सहमहामन्त्री यादवले नवनिर्वाचितहरुलाई आ–आफ्नो पालिकामा उदाहरणीय काम गर्न सुझाव दिँदै प्रदेश र संघीय निर्वाचनमा पनि कांग्रेसलाई पहिलो स्थानमा ल्याउन सबै एकजुट भइ काम गर्नुपर्ने बेला आएको बताए । उनले सुशासनको विधि पालना गरी अघि बढ् दा जनसमर्थन प्राप्त हुने भएकाले यसतर्फ नवनिर्वाचित जनप्रतिनिधिले विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रीय सदस्य दिनेशकुमार यादव, संघीय सांसद तेजुलाल चौधरी, प्रदेश सांसद समिम मिया अन्सारी, गिता यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, जिल्ला उपसभापति रामकुमार यादव लगायतले पनि धारणा व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News