२०७९ श्रावण १५, आईतवार ०७:५०

महोत्तरीमा छुरा प्रहार गरी पाँच लाख रुपैयाँ लुटिएको भनि प्रहरीलाई झुटो सूचना दिने व्यक्ति पक्राउ परेको छ ।

रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुण कुमार चौधरीले आफ्नै भाइ अनिल चौधरीलाई ठग्ने उद्देश्यले प्रहरीलाई भाइको रकम लुटिएको भनि झुटो सूचना दिदा पक्राउ परेको हो । महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार उनका भाइले उक्त पैसा खातामा जम्मा गर्न दिएको थियो । शुक्रबार साझ सम्सी सडक खण्डमा नम्बर प्लेट नखुलेको तीन जनाले छुरा प्रहार गरी लुटेको अरुणले प्रहरी समक्ष जानकारी गराएको थियो । तर प्रहरी अनुसन्धान गर्दै जाँदा उनको सो रकम नलुटिएको र उनले स्वयम छुरा प्रहारको नाटक गरी व्यक्तिगत प्रयोजनमा उक्त रकम खर्च गरेको खुलेको छ । उनले एक लाख ५६ हजार सरपल्लोकी चाँदनी देवीलाई सापटी फिर्ता गरेको, ४९ हजार आफ्नै श्रीमतीलाई मनी ट्रान्सफरमा दिएको र दुई लाख ९५ हजार बैष्णवी मनी ट्रान्सफरको फण्डमा जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । अरुणले आफुले झुटो सूचना दिएको स्वीकार गरिसकेका छन् ।

Comment


Related News

Latest News

Trending News