मधेश प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालयको निर्देशनमा पूर्वाधार विकास कार्यालय पर्साद्वारा एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत महानगरपालिका वडा नं ३२ को परसवा देखि रामवन सम्म निर्माण भईरहेको सडकको शनिबार शिलान्यास गरिएको छ ।
पर्सा क्षेत्र नं १ को ‘क’ प्रदेश सभा सदस्य जन्नत अन्सारी र विशिष्ट अतिथि पप्पु कन्ट्रक्सनका निर्देशक सुमित रौनियारले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत ५ कि.मी. लामो निर्माणाधीन सडकको शिलान्यास भए संगै त्यस भेगका जनताहरु खुशी व्यक्त गरेका छन् । वीरगंज महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष रेयाज मियाको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडा सदस्य इर्साद अंसरी, जसपा नेपालका जिल्ला सदस्य शेख भिखारी, एमामुल असारी, ३२ न वडा का एकाई अध्यक्ष राजेश साह, अब्दुक बराकत असारी, दाउद असारी, युवा नेता शेख सदाम, अरुण महतो शुलेमान अंसारी लगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।

