अपडेट 
२०७९ श्रावण १५, आईतवार ११:५७

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ ।

महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तालामा ९५ हजार ३०० रुपैयाँ पुगेको छ । जुन, गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News