२०७९ श्रावण १६, सोमबार ०६:५७

वीरगञ्ज ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिंगदेनको स्वागतमा लगाइएको नरेश साह कानुको पोष्टर फेरिएको छ ।

कानुको फोटो राखिएको पोष्टर हटाएर आइतवार राप्रपा पर्साका वरिष्ठ उपाध्यक्ष जगरनाथ प्रसाद कुर्मी र वीरगञ्ज महानगरपालिकाकी उपमेयरमा पराजित बिना जयसवाल कुर्मीको फोटो रहेको पोष्टर लगाइएको छ । नरेश साहले जन्मको आधारमा सर्लाही जिल्लाको तत्कालीन कविलासी गाउँ विकास समितिबाट नागरिकता लिएका छन् ।उनी भारतको सीतामढी जिल्लाको शिवहर संसदीय र रिगा विधान सभा क्षेत्रको मतदाता रहेका छन् । नागरिकता खारेजीको कारबाही पक्रियामा रहेको बेला साहले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको संभावित उम्मेदवार भन्दै राप्रपा अध्यक्ष लिंगदेनको स्वागतमा पोष्टर सहितको स्वागतद्वारहरु बनाएका थिए । साहको नागरिकता खारेजीको प्रक्रियामा ढिलाईको कारण आर्थिक चलखेल रहेको बताइन्छ ।स्रोतहरुका अनुसार ४ वर्ष पूर्व १ करोडमा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ मा किनेको घरलाई १० करोड भन्दा बढी ऋणको बैंकमा साहले धितो राखेका छन् । प्रतिनिधि र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता सम्बन्धी संशोधन विधेयकको राप्रपा अध्यक्ष लिंगदेनले विरोध गरिरहेका बेला उनकै पार्टीका नेता नेपाल र भारतका नागरिक रहेको प्रमाण सार्वजनिक भएको छ ।

Comment


Related News

Latest News

Trending News