२०७९ श्रावण १७, मंगलवार ०७:३१

शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन विताउन बाध्य भएकाहरुका लागि सहारा बनेकी राजविराज ७ निवासी सुनिता साह अहिले ह्वीलचेयर वितरण अभियानमा लागेकी छिन् ।

अशक्त भएकाहरुको घर घर पुगेर ह्वीलचेयर वितरणमा उनको व्यस्तता बढेको छ । विपन्न वस्तीमा घर घर पुगेर अपाङ्गता भएकाहरुको पहिचान गर्दै लगत संकलन गर्ने र त्यस पछि उनीहरुका लागी क्रमशः ह्वीलचेयर दिदै आएको उनले सोमवार पनि एक दर्जन अपाङ्गता भएका व्यक्तिको घरमै पुगी ह्वीलचेयर वितरण गरेकी छिन । विगत ३ दिन देखि यसरी नै ह्वीलचेयर वितरण गर्दै आएकी उनले यस अवधिमा २४ जना अपाङ्गता भएकाहरुलाई ह्वीलचेयर वितरण गरिसकेकी छिन । ह्वीलचेयरका लागि राजविराज निवासी समाजसेवी संजय दुवे, राजेश गुप्ता, राजगढ गाउँपालिकाका सत्य नारायण यादव र विदेशी नागरिक ताइवानका जोन म्याकिन्लेले सहयोग गरेको उनले जानकारी दिइन् । अधिकार तथा समाजसेवा क्षेत्रमा क्रियाशील साह राष्ट्रिय एकता अभियानका केन्द्रीय उपाध्यक्ष समेत हुन । उनले यस अघि पनि सैनिक श्रीमती संघबाट सहयोग जुटाई शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन विताइरहेका २४ जनालाई ह्वीलचेयर वितरण गरिसकेकी छिन् । उनी भन्छीन “अशक्तको जीवन सहज होस भन्ने उद्देश्यले ह्वीलचेयर वितरण थालेको छु, भ्याए जति सबै अपाङ्गता भएका ब्यक्तिलाई दिने सोच रहेको छ ।” आफ्नो निजी खर्चमै अपाङ्गता भएकाहरुको पहिचान र लगत संकलन गर्ने कार्यमा खटिने गरेकी साह जिल्लाको सबै १८ वटै पालिकामा पुगी थप गरिब विपन्न समुदायका अशक्तको पहिचान गरी विभिन्न दाताबाट सहयोग जुटाई ह्वीलचेयर वितरण गर्ने बताएकी छिन । अपाङ्गता भएको ब्यक्तिको लगत संकलन गर्न जाँदा अभियानकी जिल्ला संयोजक सुनिता चौधरी तथा सल्लाहकार सागरबिर कडारीले पनि निकै सहयोग गर्ने गरेको उनले बताइन् ।

राष्ट्रिय एकता अभियान मार्फत समन्वय गरी विभिन्न दाताबाट सहयोग जुटाई उनले हाल सम्म जिल्लाका २ सय ६५ भन्दा बढी अशक्तलाई ह्वीलचेयर वितरण गरिसकेकी छिन् । उनले कोरोना, आगलागी, सितलहर, बाढी लगायतका माहामारी र विपदबाट पीडित भएका विपन्न परिवारका लागी समेत लिएर राहत वितरण गर्दै आएकी छिन । यसरी समाजसेवा गरे वापत नै उनलाई विभिन्न संघ संस्थाले सम्मान पनि गर्दै आएका छन् । पक्षघात, दुर्घट्ना लगायत विभिन्न कारणले हिडडुल गर्न न सक्नेले आर्थिक अभावका कारण ह्वीलचेयर किन्न नसकेको बेला साहले गरेको प्रयास र चलाएको अभियान उदाहरणीय रहेको भन्दै स्थानीयले यस्तो मानवीय सेवा अभियानमा सबैले साथ र सहयोग दिनु पर्नेमा जोड दिएका छन् ।

Comment


Related News

Latest News

Trending News