२०७९ श्रावण १७, मंगलवार ०७:३६

बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट समाजसेवी एवं पूर्व प्रधानाध्यापक हितनारायण लाल दास सम्मानित भएका छन् ।

बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोष सप्तरीले शिक्षा, समाजसेवा, सशक्तिकरण तथा समाज उत्थान र चेतना अभिवृद्धिमा योगदान पु¥याए वापत उनलाई सोमबार एक कार्यक्तमको आयोजना गरी सम्मान गरिएको हो । कोषद्वारा आयोजित ३० औं प्रकाश स्मृति दिवसको अवसरमा दासलाई उक्त पुरस्कारबाट सम्मान प्रदान गरिएको छ । कोषका संस्थापक बैजनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर तथा कार्यक्रमका विशिष्ठ अतिथि मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्णले संयुक्त रुपमा दोसल्ला, नगद पुरस्कार र कदरपत्रबाट दासलाई सम्मान गरेका थिए ।

लामो समयदेखि समाज उत्थानमा योगदान गरेका ७३ वर्षीय दासको उच्च मुल्याङ्कन गर्दै सो सम्मान गरिएको कोषका संस्थापक अध्यक्ष बैजनाथ झाले बताए । पुरस्कार बितरण तथा सम्मान समारोहमा मधेश प्रदेश मिडिया काउन्सीलका अध्यक्ष शिवहरिप्रसाद भट्टराई, मधेश प्रदेश नागरिक संघका अध्यक्ष शंकर सारदा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायतले शुभकामना दिएका थिए ।

Comment


Related News

Latest News

Trending News