अपडेट 
२०७९ श्रावण १७, मंगलवार ०७:४०

बर्दिबास । महोत्तरीको बर्दिबास १ स्थित जिम सेन्टरमा सोमवार दिउँसो भएको आगलागीले अन्दाजी ९० लाख बढीको क्षति भएको छ ।

पूर्वपश्चिम राजमार्ग पर्ने मुख्य चोकमा रहेको सिद्धार्थ बैंक भएको भवनमा सञ्चालित जिम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको थियो । मोहमद फारुकको निजी घरको तेस्रो तल्लामा स्थानीय अभिषेक झाले सञ्चालन गरेको ३६५ फिटनेस जिम सेन्टरको ट्रेड मिल (दौडने मेसिन)बाट विद्युत सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलले जनाए । उनका अनुसार करिव एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । दिउँसो सवा २ बजे लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो । नेपाली सेना र बर्दिबास नगरपालिकाको बारुणयन्त्रले आगो निभाएको थियो । आगलागीले फिटनेस जिम सेन्टरमा प्रयोग भएको जिमको सामग्री जल्दा ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ७० लाखको सामान र करिव २० लाखको सजावट जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।

आगो लागेको भवनको बीच तल्लामा सिद्धार्थ बैंक र भूई तल्लामा सटरमा पसलहरु रहेका छन् ।तर जिम सेन्टर बाहेक बैंक र पसलहरुमा क्षति नभएको प्रहरीले जनाएको छ । लामो समय आगो लागेको कारण बैंक भएको तल्लामा क्षति पुगेको भने अनुमान गरिएको छ ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=KDqAg-j0vPw

Comment


Related News

Latest News

Trending News