अपडेट 
२०७९ श्रावण १७, मंगलवार ०८:०३

मात्र होईन बोक्सीको कथित नाममा मानव मलमुत्र समेत खुवाउने कामपनि हुने गरेको पाईन्छ ।

रुढिबादीमा रुमलेका समाज अहिले पनि भ्रमबाट अछुतु रहेको छैन । सो भ्रमबाट चिर्नका लागि र कुनै मान्छे बोक्सी हुन्न कहिल्यै भन्ने कुरा समाजका ब्यतिmहरुलाई मनन गराउनका लागि सचेतनामूलक कार्यक्रम मार्फत जानकारी गराएको राष्ट्रिय जागरण प्रतिष्‍ठान नेपालका अध्यक्ष कोविद शरण उपाध्यायले बताए । राष्ट्रिय जागरण प्रतिष्‍ठान नेपाल, जिल्ला प्रहरी कार्यालय बारा र वडा कार्यालयको संयुक्त आयोजनामा सो सचेतना कार्यक्रम भएको हो । कार्यक्रममा प्रहरी निरीक्षक जयकृष्ण प्रसाद कुर्मीले रुढिबादी परम्परालाई हटाउनका लागि समाजका सबै व्यतिm अग्रसर हुनुपर्ने कुरामा जोड दिए ।

बोक्सी हुदैन भने कुराको भान राख्न सबैलाई आग्रह गर्दै प्रहरी निरीक्षक कुर्मीले कोई कसैलाई बोक्सी भनेर कुटपिट , यातना दिए त्यस्ता ब्यतिmहरुलाई कडा भन्दा कडा कारवाही गर्न प्रहरी अग्रसर हुने कुरामा जोड दिए । सो कार्यक्रममा वडा सदस्य आल महमद अंसारी, नरेश कुमार कुशवाहा, सचिव प्रमोद कुमार सहनी, पुर्व उप–प्रधान त्रियोगी नारायण राउत, समाज सेवी हृदय नारायण साह, वंशी मियाँ अंसारी, स्थानीयको सहभागिता रहेको थियो । कुनै मान्छे बोक्सी हुन्न कहिल्यै“ भन्ने सचेतनामुलक कार्यक्रम चलचित्र माध्यमद्वारा प्रसारण गरी सहभागीहरुलाई देखाएपछि सहभागीहरु अवदेखि समाजमा बोक्सी छैन भने कुरा अरुलाई समेत बुझाउने प्रतिवद्धता ब्यतm गरेका थिए ।

Comment


Related News

Latest News

Trending News