नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँधको सबै ढोका खोलिदिएको छ ।
भारतले बाँधका सबै ढोका खोलेपछि पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको उच्च जोखिममा परेका छन् ।
दुई दिन देखिको लगातारको वर्षापछि भारतले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधका सबै ३६ वटै ढोका खोलेको हो । बाँधको ढोकाको चाबी सधैं भारतले राख्ने गरेको छ । भारतले ढोका खोलेसँगै नेपालका वस्ती डुबानको जोखिममा पर्ने गर्दछन् ।
देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र ९तटीय क्षेत्र०मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो । पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ ।
साथै पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका वासिन्दालाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरूको व्यवस्थापन र उद्धारका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=KDqAg-j0vPw



