अपडेट 
२०७९ श्रावण १८, बुधबार ०६:४९

मधेस प्रदेशकातिन ठूलो उद्योगहरु बन्दअवस्थामा रहेका छन् । पर्सा जिल्लामा रहेको वीरगंजचिनीकारखाना लिमिटेड र धनुषाजिल्लामा रहेको जनकपुर चुरोट कारखाना लिमिटेड सरकारी ठूला उद्योगहरु हुन् भने रौतहटमा रहेको श्री राम सुगर मिल्स लिमिटेड सरकारको पनि स्वामित्वभएको निजी क्षेत्रको ठूलो उद्योग हो । यीतिनउद्योगमानिकै ठूलो लगानी रहेको छ र यीतिनउद्योग संचालनमाआएमा धेरै मानिसले रोजगार पाउनेमादुई मत छैन । साँच्चिकै यीतिनउद्योग यदि एक साथ संचालनहुन सक्छन् भने प्रदेशको आर्थिक विकासमानिकै ठूलो योगदानपुग्नेमापनिदुई मतहुनु हुँदैन । प्रदेशकाबन्दयीतिनउद्योगलाई हेर्ने हो भने दुई प्रकृतिका देखिन्छन् । दुई उद्योग उखुसित सम्बन्धित छन् भने एक उद्योग सूर्तीसित सम्बन्धित छ । वास्तवमायीतिनउद्योगहरु किसानसित सम्बन्धित छन् अर्थात् उद्योगहरु संचालनमाल्याउन सकिएमाकिसानहरु पनिलाभान्वित हुन्छन् । चिनीमिल संचालनमाआउँदाउखु किसान र चुरोट कारखाना संचालनमाआउँदा सूर्ती किसान सोझै लाभान्वित हुन्छन् । भूगोलको दृष्टिले यस्तो पनि देखिएको छ कि एउटा उद्योग प्रदेशको राजधानीमै रहेको छ भने अर्को उद्योग देशको आर्थिक राजधानीमा रहेको छ । तेस्रो उद्योग भने ग्रामीण क्षेत्रमा रहेको छ । ग्रामीण क्षेत्रमा रहे पनिउद्योगले सहायक राजमार्गलाई छोएको छ । अर्थात् पूरै रिमोट एरियामा छैन ।

चिनीउद्योगले अर्थतन्त्रमा कसरी भूमिका खेल्दछ भन्ने उदाहरण हेरौँ । उद्योग संचालनको लागिउखु चाहिन्छ । उखुको उत्पादनकिसानले खेतमागर्दछन् । खेतमाउखुको उत्पादन गरेपछि किसानले उद्योगबाट नगद पाउँछन् । नेपालमाउखुलाई नगदे बालीको रुपमालिइएको पाइन्छ । किसानले नगदपाउँदानगदलाई जुनसुकै काममाउपयोग गर्न पाउँछन् । किसानलाई पनिउखु खेतीमाजतिलगानी र परिश्रम गर्नुपर्दछ र जति रकमनगदप्राप्तगर्दछन्, त्यत्तिकै नगदपाउनको लागि तरकारी खेतीवाअन्यव्यावसायिक खेतीगर्नु पर्दछ । खाद्यान्न बालीबाट उखुबाट जति रकमकिसानले कुनै पनिमूल्यमापाउन सक्दैनन् । भन्नुको तात्पर्यहो किसानले कमलगानी र कम परिश्रममाउखु खेतीबाट राम्रो आम्दानीप्राप्तगर्दछन् । किसानले उखु खेतीबाट आयआर्जन गर्दछन् । किसानको हातमानगदपुग्दाकिसानका छोराछोरीको पढाइमा सहयोग पुग्दछ । औषधिउपचारमा सहयोग पुग्दछ । लवाइ र खवाइमा सहयोग पुग्दछ । नगदप्रवाहमाकिसानलाई सहयोग पुग्नु भनेको किसानको जीवनस्तरमा सुधार ल्याउनु हो । आज जसरी ऋण नै नपाएर किसानहरु छटपटिएका छन् यदिचिनीउद्योगहरु संचालनमाहुँदाहुन् त किसानले अहिले भोगिरहेको आर्थिक समस्याभोग्नु पर्दैनथ्यो वा धेरै कमहुन्थ्यो । गाउँमा सोझै नगदपुग्ने भनेको यस्तै उद्योगमार्फत हो । कृषिमाआश्रित उद्योगहरु संचालनमाआउँदाकिसानहरु लाभान्वित हुन्छन् । सबैले बुझेका छन् जबसम्म साधारण किसानको पहुँच समृद्धिमा हुँदैन तबसम्म देश समृद्ध बन्दैन । चिनीउद्योगमाकर्मचारीहरु हुन्छन् । मजदुरहरु हुन्छन् ।कारखाना संचालनभएको समयमाउखु पु¥याउन सयौँ ट्रयाक्टर परिचालित हुन्छन् ।

ट्रयाक्टरको एक साहु हुन्छन् र त्यसमा एक जनाचालक हुन्छन् । यसरी कर्मचारी, मजदुर, ट्रयाक्टर मालिक र चालक सबैले सोझै चिनीकारखाना संचालनहुँदाफाइदापाइरहेका हुन्छन् । चिनीउद्योग संचालनमा रहँदाउद्योगको आसपासकाविभिन्नकिसिमकादर्जनौँ पसलको बिक्री बढ्छ । चिनीउत्पादनहुँदात्यसको ढुवानी, भन्डारण, बिक्रीगर्ने सम्पूर्ण संयन्त्रले प्रत्यक्षवाअप्रत्यक्षआयगरिरहेका हुन्छन् । यसरी कृषिमाआश्रित चिनीउद्योगसित धेरै पक्षजोडिएको हुनाले बन्द रहेकादुई ठूला चिनीउद्योगलाई संचालनमाल्याउनु अत्यावश्यक देखिएको छ । जचुकालिपनिकिसानसितप्रत्यक्षजोडिएको उद्योग हो । चुरोटको उत्पादनको लागिचाहिने मुख्यकच्चापदार्थ सूर्ती हो । सूर्तीको उत्पादन खेतमा नै हुने भएकोले सोझै किसानको हातमानगदजाने हुन्छ । अहिले पनि देशमाविभिन्न चुरोट कारखानाहरु संचालनमा रहेका छन् । चुरोटकारखाना संचालनमा रहँदातिनीहरुले नाफाकमाइरहेका छन् । रोजगारी दिएका छन् भने सरकारी स्वामित्वको चुरोट कारखाना संचालनमाकिनल्याउन सकिन्न? सर्वसाधारणको माग नै रहेको छ किजचुकालिले पुनर्जीवनपाउनु आवश्यक छ । सबै तहको सरकार मिलेर जचुकालिलाई संचालनमाल्याउनु आवश्यक छ । आखिरमा सबैभन्दा बढी फाइदा यसै प्रदेशलाई हुने हुन्छ भन्ने भनाइमा सत्यता रहेको छ । तिनउद्योगको भौतिकअवस्थालाई हेर्ने हो भने खरबौँको सम्पूर्ण भौतिक सम्पत्ति रहेको छ । वीरगंज र जनकपुर जस्ता ठूलो सहरको झन्डै बिचमा नै उद्योगको बिघौँबिघा जमिन छ । अतिमूल्यवानजमिनको मूल्यांकननगरौँ तर उद्योग संचालनभएमा सबैभन्दा बढी फाइदायहीँका स्थानीयबासीलाई हुने हुन्छ । जहाँमानिसहरुको आवतजावत बढ्दछ त्यहाँ नै प्रत्यक्षवा परोक्ष फाइदा स्थानीयमानिसले लिने हुन्छन् । यदिवीरगंज र जनकपुरमा रहेकाप्रदेशकादुई सरकारी ठूला उद्योगले पुनर्जीवन पाउँछन् भने यीदुई सहरको आर्थिक जीवनमापनिनिकै सकारात्मकप्रभाव पर्ने निश्चित छ ।

सर्वसाधारणको हातमाहुने नगदप्रवाह र मानिसको आवतजावतले गर्ने बजारमानगदको खर्च बढी हुने हुन्छ । सर्वसाधारणलाई रोजगारी दिनु पनि राज्यको धर्म हो । अहिलेको प्रवृत्तिमा सरकारले यस्ता ठूला उद्योग स्थापनागर्ने सोचाइ राखेको देखिदैन । हरेक वर्ष बन्दतथा रुग्ण उद्योगहरु संचालनमाल्याइने छ वाप्रयास गरिने छ भन्ने खबरहरु आइरहन्छन् । यस्ता खबरमाविराट जूट उद्योग, हेटौँडा कपडा उद्योग र जचुकालितथावीचिकापनि समावेश हुने गर्दछन् तर खासै प्रगतिहुने गरेको देखिन्न । समस्याजहाँको तहीँ रहने गरेको छ । अहिले देशमा देखिएको आर्थिक समस्यामुख्य गरी ग्रामीण समुदायमा देखिएको आर्थिक समस्यालाई हेर्ने हो भने यदियीउद्योगहरु संचालनमा रहेकाभए सर्वसाधारण किसान, मजदुर, कर्मचारी तथाअप्रत्यक्ष रुपमाजोडिएका अन्य परिवारमाअहिलेको जस्तो आर्थिक समस्याहुँदैनथ्यो । राजस्वको पाटो पनिनिकै महत्वपूर्ण रहेको छ । कसैको हातमानगदपर्दा नै राजस्वमा वृद्धि हुने हो । यदितिनओटा उद्योग बन्द हुन्छन् भने यीतिनउद्योगमाप्रत्यक्ष रोजगारी पाएकाकर्मचारी तथामजदुरदेखि किसानसम्मको हातमानगदप्रवाह रोकिन्छन् । र, यसलाई थोरै गहिरिएर विचार गर्ने हो भने चिनीतथा चुरोटको मागलाई पूरा गर्न विदेशबाट आपूर्ति गर्नु पर्दछ वागर्नु परिरहेको छ । यीदुई पदार्थको आपूर्तिमाजति रकमबाहिरिएको छ, बन्द रहेकायीतिनउद्योगको उत्पादनले पक्कै पनि देशको नगदविदेश जानबाट ठूलो अंशमा रोकिन्थ्यो । सामान्यअनुमानगर्न सकिन्छ, यदि देशको रकमबाहिरिनबाट रोक्नमाजति मद्दत हुन्थ्यो त्यत्तिले देशको वैदेशिक रकम संचितिमा सकारात्मकप्रभाव पर्ने हुन्थ्यो । कम्तीमा एक अंश त प्रभावपथ्र्यो नै । अहिले वैदेशिक रकम संचितिको महत्व सर्वसाधारणले पनिबुझ्न थालेका छन् । जब महँगी वृद्धि हुन्छ तब सबैभन्दा बढी प्रभावितहुने किसानवर्ग नै हुन्छन् । अहिले विश्वव्यापीजुन रुपमामहँगी वृद्धिको अवस्थाले सर्वसाधारणको दैनिकीमापनिथोरबहुत असर गरेको देखिएको छ, त्यसबाट नेपाल र नेपालीपनि अछुतो रहेका छैनन् ।

विभिन्न संचार माध्यमले निर्यातभन्दाआयात बढी गर्ने अर्थात् वैदेशिकव्यापारमाअसन्तुलनहुने श्रीलंका, पाकिस्तान, बंगलादेश जस्ता देशहरुमा वैदेशिक रकम संचितिनिकै कमजोर भइसकेको जनाइरहेका छन् । नेपालमापनि बेला बेलामाआशंकाजन्यखबरहरु बजारमा आउँछन् । यस्तो अवस्थाभविष्यमाआउननदिनपनिजुनजुन कुराको उत्पादन देशमा सम्भव छ, ती सामग्रीको उत्पादनगर्ने उद्योग स्थापनागर्नु पर्छ, बन्दभएकाउद्योगहरुलाई पुनर्जीवनदिनु पर्छ । र, मधेस प्रदेशमाबन्द रहेका रोजगारी तथाकिसानको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण यीतिनउद्योगहरुलाई यथासक्य छिटो संचालनमाल्याउनको लागि सम्बन्धितपक्षले पहलथालिहाल्नु पर्ने देखिन्छ । यीउद्योगको प्रत्यक्ष सम्बन्ध कृषिसितभएकोले कृषिउपज बढाउन र औद्योगिकवातावरण बनाउन दोहोरो लाभहुने देखिन्छ तथा यसबाट समग्र देश नै लाभान्वितहुने देखिन्छ । अतः देशको विकासमा योगदानदिन सक्ने सम्भावनाभएकाचिनीतथा चुरोट उद्योगले पुनर्जीवनपाऊन् ।

Comment


Related News

Latest News

Trending News