अपडेट 
२०७९ श्रावण १८, बुधबार ०८:४९

पछिल्लो केही दिनदेखि मधेश प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि मधेश प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा सक्रियता बढाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएको छ । यो सँगै मधेश प्रदेशमा सक्रिय कोरोनाको संख्या ६४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश सरकारले कोरोना महामारीलाई मध्यनजर गर्दै आफू मातहत रहेका अस्पतालहरुलाई कोरोना संक्रमितहरुको स्वास्थ्य उपचारको व्यवस्थापन सुढृढ गर्न निर्देशन दिएको छ । त्यसैगरी, कोरोनाले बढी प्रभावित संक्रमितको स्वास्थ्य उपचारको लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यवस्थापन गरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि जनकपुरधामको मुजेलियास्थित कोभिड विशेष अस्पताल संचालन गर्दै आएको छ । उक्त कोभिड अस्पतालमा भेन्टिलेटरसहितको सुविधा उपलब्ध रहेको छ । त्यसैगरी, स्वास्थ्य निर्देशनालयले प्रदेशका ८ वटै जिल्ला स्वास्थ्य कार्यालयहरुलाई कोरोना विरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिन निर्देशन दिएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले प्रदेशमा ८५ प्रतिशत जनताले कोरोना विरुद्धको भ्यासिन लगाई सकेको बताउदै आफुहरुले बुस्टर डोजमा जोड दिइरहेको बताए । प्रत्येक ६ महिनामा बुस्टर डोज लगाउनु आवश्यक रहेको बताउदै निर्देशक झाले भने, तर हाम्रो प्रदेशमा अझै कतिपयले बुस्टर डोज लगाउन चाहिरहेका छैनन् । त्यसकारण हामीले यो सम्बन्धी प्रचार प्रसारमा ध्यान दिइरहेका छौ ।’ कोरोना महामारी नियन्त्रणका लागि मास्क अभियान, बुस्टर डोजसहित कार्यक्रमलाई तीव्रता दिएको उनले बताए । त्यसैगरी, सीमावर्ति क्षेत्र वीरगंज, गौर र भिठ्ठाामोडमा चालु आर्थिक वर्षमा होल्डिङ्ग सेन्टर निर्माण गरिने विषयमा छलफल भइरहेको उनले बताए ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=KDqAg-j0vPw

Comment


Related News

Latest News

Trending News