२०७९ श्रावण १९, बिहीबार ०६:५०
पर्सा क्षेत्र नम्बर– ३ संघीय सांसद हरिनारायण रौनियारले बहुदरमाई नगरपालिका वडा–७ फुलकौलमा निर्मित सडकको उद्घाटन गरेका छन् ।
नेपाल सरकार सहरी विकास मन्त्रालयद्वारा बहुदरमाई नगरपालिका –७ फुलकौलमा निर्मित सडकको सांसद रौनियारले उद्घाटन गरेका हुन । सडक निर्माण भए संगै त्यस भेगका जनता खुशी भएका छन् । आफूहरुलाई हँुदै आएको सास्तीको अन्त्य भएको भन्दै सांसद रौनियारलाई धन्याबाद ज्ञापन गरेका छन् । कार्यक्रममा जनता समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव , जसपा नेता गौरीशंका साह ,नेतृ सलमा खातुन,बहुदरमाई नगरपालिका – ७ का वडाध्यक्ष बिरेन्द्र यादव , जसपा नेताहरु महन्थ यादव , रमेश यादव लगायत स्थनीयबासीको सहभागिता रहेको थियो ।

