२०७९ श्रावण १९, बिहीबार ०७:००

विरामीले थला परेका दुई विपन्न परिवारलाई लायन्स क्लब अफ विराटनगर पाथीभाराले बुधवार सहयोग गरेको छ ।

सप्तरीको रुपनी गाउँपालिका ५ वसविट्टी निवासी ६८ वर्षीया एकल महिला नेवारी देवी खत्वनी र ४५ वर्षीय छोटेलाल खंगलाई लायन्स क्लबले लत्ताकपडा, खाद्यान्न लगायतका राहत सामग्री सहयोग गरेको हो । लायन्स क्लबकी सर्भिस चेयर पर्सन प्रिजा श्रेष्ठ, समाजसेवी एवं संचारकर्मी रक्षा चौधरी, युवा अभियन्ता देव नारायण खंग लगायतको टोली उनीहरुको घर मै पुगी दुई महिनाका लागि पुग्ने गरी चामल, दाल, नुन, खाने तेल, भुजाका साथै लत्ताकपडा प्रदान गरेका छन् ।

दैनिक ज्याला मजदृुरी गरेर जीवीकोपार्जन गर्दै आएका छोटे लाल लिभर रोगले पीडित छन भने एकल महिला नेवारी देवी उच्चरक्तचाप र मधुमेह रोगबाट ग्रसित छन् । विरामी भएकै कारण ज्याला मजदृुरी गर्ने काम रोकिए पछि हात मुख जोडने समस्यामा परेको खबर आएपछि प्रारम्भिक राहत स्वरुप उक्त सहयोग प्रदान गरिएको लायन्स क्लब अफ विराटनगर पाथीभाराले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News