२०७९ श्रावण १९, बिहीबार ०७:३४

जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्तालाई कारबाहीको माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बारामा पत्राचार गरेर गुप्ताले पूर्व जानकारी बिना नगर कार्यपाललिकाको मूल गेटमा साउन १८ गते तालाबन्दी गरी कर्मचारीहरुलाई कार्यालयमा थुनेर कार्य सञ्चालनमा बाधा पु¥याएको भन्दै कारबाहीको लागि माग गरेका हुन् । नगर प्रमुख पौडेलले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ग को उपदफा १ को (ग) बमोजिमको सार्वजनिक सेवा प्रवाह अवरुद्ध हुने काम गरेको भन्दै कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय बारामा पत्राचार गरेको जीतपुर सिमरा उपमहानगरपालिकाका प्रवक्ता इश्वर केसीले जानकारी दिए । वडा अध्यक्ष सुनिल गुप्ताले कुनै कारण विना नै नगरपालिकाको मूलगेटमा ताला लगाएको बताए । वडा नम्बर ७ का वडा अध्यक्ष गुप्ताले भने वडाका जनताले ताल्चा मारेको बताए । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु कार्यालयमा नबस्ने जनताको काममा भन्दा काठमाण्डुमै बढी बस्ने गरेकोले आक्रोशित जनताले नगरपालिकामा ताल्चा लगाएको बताए ।

Comment


Related News

Latest News

Trending News