२०७९ श्रावण १९, बिहीबार १६:१४

मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु हुने भएको छ ।

४ मंसिरमा हुने संघीय र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका लागि लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने बताएका छन् ।

निर्वाचनमा भाग लिन चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था रहेको छ ।

Comment

Related News

Latest News

Trending News