२०७९ श्रावण २०, शुक्रबार ०६:४७

लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्जले लागूऔषध बेचबिखनमा संलग्न २ जनालाई सर्लाहीको हरिवनबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका वडा न–३ बस्ने ४२ वर्षीय रत्न मोक्तान र सोही ठाउँ बस्ने २८ वर्षीय दिपक श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा बुधबार हरिवन–४,गणेश चोक स्थित पूर्व पश्चिम लोकमार्गमा खटिएको लागूऔषध नियन्त्रण व्यूरो शाखा वीरगञ्जको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र.२–०२–००४ प ९३८८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि लुकाइ छिपाइ ल्याएको डायलेक्स डि.सी १०० एम.एल को बोतल–१०० थान फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । लागूऔषध ल्याउने दुबैजनालाई फेलापारेको लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News