जनकपुरधाम उपमहानरपालिकाले सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सम्बन्धमा ७ बुदे प्रतिवद्धता जनाएको छ ।
मधेश प्रदेशको स्वास्थय निर्देशनालय, युएन एफ पिएको संयुक्त आयोजना ‘सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य रोडम्याप पैरवी’ कार्यक्रममा जनकपुरधाम उपमहनगरपालिकाले प्रतिवद्धता व्यक्त गरेको हो । पूर्ण सुरक्षित मातृत्व उपमहानगरपालिका बनाउन यसका सूचकहरुलाई सुधार ल्याउने, गर्भवती तथा सुत्केरी महिलाहरु सम्म गुणस्तीय स्वास्थ्य सेवा पुर्याउन उपमहानगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा मानवीय स्रोत,उपकरण औषधि,पिउने पानी र सरसफाई लगायतका अन्य सेवाहरु सुनिश्चत गर्न गराउन काम गर्ने प्रतिवद्धता गरिएको छ । त्यसैगरी, स्वास्थ्य संस्था तथा अस्पतालमा सुत्केरी गराउनका लागि प्रोत्सहित गर्ने, परिवार नियोजनका पाँच वटै आधुनिक साधनहरु सबै स्वास्थ्य संस्थामा नियमित उपलब्ध गराउने,मातृ तथा शिशु मृत्युदर शून्य गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने, गर्भवती तथा सुत्केरी सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने तथा पूर्ण सुरक्षित मातृत्व उपमहानगरपालिका बनाउन उपमहानगरपालिकाले वार्षिक वजेटमा रकम विनियोजन गर्न सहितका प्रतिवद्धता गरिएको छ । क ा र्य त्र m म म ा उपमहनगरपालिकाका नगर प्रमुख मनोज साह,वडा नम्बर १० अध्यक्ष मिथिलेश कर्ण, युएन एफ पिएका मधेश प्रदेश प्रमुख नरेन्द्र कुमार मिश्र, स्वास्थ्य कार्यालय धनुषाका शिवजी दास, स्वास्थ्य निर्देशनालयका स्वास्थ्य अधिकृत कृष्णदेव यादव सहितको सहभागिता रहेको थियो ।

