२०७९ श्रावण २१, शनिबार ०७:४२

मधेश प्रदेश सरकारका उद्योग पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतोले तीनै तहको सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको पाँचौँ स्थापना दिवसको अवसरमा सिमरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतोले उद्योग स्थापना र सञ्चालन तीनै तहको सरकारसँग सम्बन्धित रहेकाले गम्भीर हुनुपर्ने आवश्यक्ता औल्याए । प्रदेश सरकारले वीरगञ्जमा उद्योग विभाग र पर्यटन बिकास कार्यालय खोल्न लागेको जानकारी दिए । मन्त्री स्तरीय निर्णयबाट वीरगञ्जमा यी कार्यालयहरु स्थापना हुन लागेको बताए । एक हप्ता भित्रमै कार्यालय स्थापना गरी दर्ता देखि नबीकरणसम्मको प्रक्रियाका कार्यहरु सञ्चालन गर्ने सुनाए । मन्त्री महतोले वीरगञ्ज देखि ठोरीसम्मको क्षेत्रलाई औद्योगिक करिडोरको विषयमा छलफल भइरहेका बताए । जीतपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले उद्योग ऐन अनुसार उद्योगहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योगहरुले आर्जन गरेको नाफाको एक प्रतिशत भाग सामाजिक कार्यमा खर्च गर्नुपर्ने बताए ।

एक प्रतिशत भागको कम्तीमा ५० प्रतिशत भाग सम्बन्धीत स्थानीय तहमा खर्च गरेर कानूनको पालना गर्न तर्फ उद्योगी ,ब्यवसायीहरुको ध्यानाकर्षण गराए । उनले उद्योगहरुलाई आफ्नो धर्म निर्वाह गरी व्यवसाय दर्ता देखि नक्सापास सम्बन्धी कार्यहरु गर्न आह्वान गरे ।

Comment


Related News

Latest News

Trending News