२०७९ श्रावण २१, शनिबार ०७:५४

सप्तरीको खडक नगरपालिकाले सूचना मागको निवेदन दर्ता गर्न नमानेको एक संचारकर्मीले आरोप लगाएका छ्न ।

पत्रकार बृजमान तामाङले नगरपालिकामा सूचना माग गरी निवेदन दिँदा दर्ता गर्न नमानेको गुनासो गरेका छन् । समचार प्रयोजनका लागि सार्वजनिक सरोकारको सूचना उपलब्ध गराउन भनी पेश गरेको निवेदन नगरपालिकाले दर्ता गर्न नमानेको पत्रकार तामाङले जानकारी दिए । नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा १ बमोजिम सूचना शाखामा निवेदन पेश गर्दा दर्ता गर्न अस्विकार गरेको उनले बताए । समाचार प्रयोजनका लागि सूचनाको हक सम्बन्धी ऐनको दफा ३ को उपदफा ४ तथा दफा ७ को उपदफा २ र ४ बमोजिमको सूचना उपलब्ध गराई पाउँ भनी पेश गरेको निबेदन दर्ता गर्न नमानेको उनले बताए । सूचना अधिकारी मनोज कुमार साहलाई निबेदन दिए, पत्रकार तामाङले भने–‘सूचना अधिकारीले हाकिमको तोक आदेश विना सूचना दर्ता नगर्ने अडान लियो, हाकिमबाट तोक लगाएर ल्याउन भनी त्यसै फर्काइ दिए । प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णले सूचना दिन नसक्ने भन्दै तोक लगाउन नमानेको पत्रकार तामाङले बताए । सूचना अधिकारीले हाकिमकहा पठाएपछि प्रमुख प्रशासकीय अधिकृत कर्णको कार्यकक्षमा पुगे पत्रकार तामाङले भने, हाकिम सावलाई निवेदनमा माग अनुसारको सूचना उपलब्ध गराई दिनुभन्दा सूचना दिन सकिदैन भन्दै तोक लगाउन समेत अस्विकार गरे ।

नगरपालिकाले कोभिड १९ रोगको नियन्त्रण तथा व्यबस्थापनका लागि स्वास्थ्य तथा सुरक्षा सामग्री खरिदमा व्यापक अनियमितता गरेको, कर्मचारीहरुले मनपर्दो पेश्की बाँडफाँट गरेको, औषधि खरिदमा अनियमितता गरेको, कामै सम्पन्न नगरेको योजनाको समेत भुक्तानी लिएको भन्ने जनगुनासो बढेपछि सोही विषय सहितको आवश्यक सूचना माग गरी निवेदन दर्ता गराउन जाँदा प्रमुख प्रशासकीय अधिकृत कर्णले सूचना दिन नमिल्ने भनी फर्काई दिएको पत्रकार तामाङले जानकारी दिए । सूचना अधिकारी साहले हाकिमले तोक आदेश नगरेकोले निवेदन दर्ता नगरेको बताए । खडक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुको मिलोमतोमा कामै नगरी करोडौं बजेट दुरुपयोग गरेको स्थानीयबासीहरुले आरोप लगाएका छ्न ।

Comment


Related News

Latest News

Trending News