२०७९ श्रावण २१, शनिबार ०८:०३

सप्तरी जिल्लामा एक वर्षको अवधिमा लागूऔषध कारोबार तथा प्रयोग गर्ने कसूरमा १ सय ४१ जना पक्राउ परेका छन् ।

उक्त कर्यमा संलग्न ४ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध सहित १ सय ४१ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुको साथबाट सो अवधिमा ६ हजार २ सय ५७ नइट्रोभेट, ६ सय ६३ नाइट्रोसन र १२ नाइट्राजेपान ट्यावलेट बरामद गरिएको छ । यस्तै फेराएगन एम्पुल १ हजार २ सय २९, नोफिन ७ सय ८८, डाइजिल्याब २ सय १४ एम्पुल, डाइजेपाम १ हजार २ सय ९४ एम्पुृल, प्रोमोथाइजिन ९६, डाइलेक्सडिसी ४ सय १६ बोतल, स्पास्मोप्रोसमिटन १ हजार २ सय ७ र लिजेसिक एम्पुल ४ सय २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । सोही अवधिमा प्ररहीले २ सय ४० ग्राम ब्राउन सुगर समेत बरामद गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा भने लागूऔषध कारोबार तथा सेवन तर्फ १ सय ५३ जनालाई पक्राउ गरिएको छ । एकातिर नेपाल–भारत खुला सीमाना र अर्काे तिर उचित शिक्षा र अभिभावकको निगरानीको अभावले लागूऔषधको कुलतमा युवाहरु फसेको प्रहरीको भनाई छ ।

लागूऔषधको कारोबार र कुलतमा अधिकांश युवाहरु नै संलग्न रहेको पाइएकोले सीमा नाका क्षेत्रमा निगरानी बढाइनुका साथै सचेतनाका विभिन्न कार्यक्रम अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News