अपडेट 
२०७९ श्रावण २२, आईतवार ०७:२८

नेपाल जस्तो सानो मुलुकले सात प्रदेशको आर्थिक भार थेग्न सक्दैन भन्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएदेखि नै हाइ तौवा मचाउँदै आएका समूह पछिल्ला सात वर्षमा संघीयता समाप्त पार्न कम्ती चलखेल गरेनन । २०७४ सालमा सातै प्रदेश सभाको निर्वाचन भए पश्च्यात् वास्तविक रुपमा संघीयता कार्यान्वयन तहमा गएको हो तर पाँच वर्षे यस अवोध शिशुको हत्या गर्न पनि उहि समूहले अनेकौ बितण्डा मचाए ।

अचेल यही समूह अचेल मधेस प्रदेशतर्फ औला ठढ्याउँदै उफ्रि उफ्रि भन्न थालेका छन् – ‘ हेर, हेर । संघीयताले झण्डाबालाहरुको संख्यामात्र बढाएन, खर्चमात्र बढाएन, भ्रष्टाचारपनि बढायो ।’ मधेसी वा आदिवासी–जनजातिका छोरा–छोरीलाई मुख्यमन्त्री वा मन्त्रीको रुपमा देख्न नचाह्ने,उनिहरु चढेको गाडीको धुंवा सुंग्घन नपरोस् भनेर देवी देवता सामु भाकल गर्ने सत्ताधारीहरु जमातको यो सोंच अस्वाभाविक होईन । कारण पृथ्वीनारायण शाहले मुलुक एकिकरण गरे यता यस देशमा एकल जातीय सत्ता कायम छ । राणाकालमा उनिहरुकै शासनसत्ता थियो । पञ्चायतकालमा उनिहरुले नै राजपाट चलाए । ४६ को राजनीतिक परिवर्तन होस कि ६२÷६३को, मुलुकको कार्यकारी पदमा उनिहरुकै हाली मुहाली कायम रह्यो तर २०७२ सालको संविधानले उनिहरुको अधिकारमाथि धावा बोल्यो । अब मधेसी,आदिवासी–जनजातिसंगै गरिव गुरुवाका छोरा छोरीहरु पनि मन्त्री बन्न थालेका छन् । चिल्ला गाडीमा हुंइकिन थालेका छन् । स्थायी सत्ताका स्थायी पात्रहरुसंग आँखा जुधाएर बात गर्न थालेका छन् । लोकतान्त्रिक समाजमा यस परिवर्तनलाई संघीयताको अनुपम उपहार मानिन्छ । त्यसैले संघीयता आवश्यक छ । रहि रहनु पर्दछ । आत्म निर्भरको अधिकारसहित मधेसी,थारु,नेवा,ताम्सालिङ,मगरात जस्ता प्राचिन सभ्यताहरुको पहिचान स्थापना गर्ने संघीय सत्ताको ललिपप बांडेर जनयुद्धमा होमिएका माओवादीहरु २०६३मा अन्तरिम संविधान जारी भई रह्दा संघीयता बिर्से । बिर्से वा माओवादी नेताहरुमाथि उनिहरुको पुर्खाले चलाउँदै आएको स्थायीसत्ताको भूत सवार भयो । अनि संघीयता,समावेशी समानुपातिकता तथा पहिचानको मांग राखी मधेस आन्दोलन सुरु भयो ।

झण्डै २सय मधेसी बिर बिराङणाहरुको आलो रगतसंग साटिएको जिनिस हो , संघीयता । संघीयता २२ जिल्लाका मधेसीहरुले गरेका घनघोर तथा बलिदानीपूर्ण आन्दोलनको सुस्वादु फल हो । यसलाई जोगाउने अभिभारापनि मधेसीहरुमाथि नै छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत स्थायी सत्ताधारीहरुको दृष्टिमा संघीयता ‘ अन वाण्टेड बेबी’ अर्थात् नचाहेरपनि जन्मग्रहण गरेको बच्चा हो । हो, उनिहरुको लागी यो अन वाण्टेड बेबी हुन सक्छ तर लालबाबू राउत,उपेन्द्र यादव,महन्थ ठाकुर,राजेन्द्र महतोहरुका लागी यो अतिप्रिय सन्तान हो । जसले मधेसलाई नाम,मान,सम्मान र प्रतिष्ठा दिएको छ । संघीयतालाई संस्थागत गर्न,अझ बलियो बनाउन तथा यसको स्वाद जनजनसम्म पु¥याउन मधेस सरकारले धेरै गर्नु पर्ने थियो तर दुर्भाग्य यस्तो गर्न नसकेको अवस्था छ । भ्रष्टाचार मुलुकको सबभन्दा खतरनाक रोग हो । यथास्थितीमा,समकालीन पात्रहरुको माध्यमले यस असाध्य रोगबाट मुक्ति सम्भव देखिदैन । स्थायी सत्ताका स्थायी पात्रहरु भ्रष्टाचारमा लिप्त भए , केन्द्रिकृत शासनसत्तामा रमाए भनेर नै मधेस आन्दोलन भएको थियो । आम मधेसी जनता समानताको अधिकार चाहेका थिए । आफ्नै मुलुकमा आफ्ना पहिचान खोजेका थिए र यसका लागी मधेस केन्द्रित दलहरुलाई सारथि बनाए । आफ् नो अमूल्य मत दिएर संघीय सत्ताको भागिदार बनाए अनि मधेस प्रदेशको शासनसत्ता नै सुम्पे । मधेसी जनताले आफ्नो दायित्व पूरा गरे । तर संघीयता कार्यान्वयन हुदै गर्दाको तीन वर्षपनि नबित्दा नेताजीहरुले के गरे ? हिजो जसको विरोधमा मधेसी जनतालाई आन्दोलन गर्न उक्साएका थिए आज यिनै दल र उनै नेताजीहरुको शरणागत भए । आज राजेन्द्र महतोलाई उपेन्द्र यादव भन्दा विश्वासिला केपी शर्मा ओली लाग्न थालेका छन अनि उपेन्द्र यादव महन्थ ठाकुर भन्दा अधिक शेर बहादुर देउवामाथि विश्वास गर्न थालेका छन् ।

यी त भए नितीगत सवालहरु । मधेसीहरुको शासनसत्ता रहेको सातमध्येका एकमात्र मधेस प्रदेशमा पछिल्लो पटक देखिएको आर्थिक तथा नितीगत भ्रष्टाचार,जातिवाद,भाई– भतिजावाद,नातावाद कृपावाद जस्ता विकृतिहरुले स्थायी सत्ताका पात्रहरुलाई भन्न सजिलो भएको छ – हेर,हेर संघीयताले भ्रष्टाचारपनि बढायो । छोरीको नाममा मधेस सरकारले संचालन गरेको बेटी पढाउ , बेची बचाउ कार्यक्रमको सर्वत्र प्रशंसा भएको थियो । महिला सशक्तिकरणको क्षेत्रमा सांची यो कार्यक्रम उत्कृष्ट थियो तर बेटीको नाममा खरीद गरिएको साईकलमापनि भ्रष्टाचार भयो । मुख्यमन्त्री लालबाबू राउतको सचिवालय मार्फत संचालित कार्यक्रममा भएको अनियमितता विषयमा मुख्यमन्त्री राउतले भनेका छन्–हामीले त नितीगत निर्णयमात्र गर्ने हो । सामान खरीद,भुक्तानी गर्ने त कर्मचारीहरु हुन् । हो,मुख्यमन्त्री राउतजीले भनेका कुरा सिद्धान्ततः ठिक हो तर पैजामा कूर्ता र गमछामा सजिएर बेटीहरुलाई सायकल बितरण गर्न जाने बेला हजुरले कुन ब्राण्डको सायकल हो भनेर पढ्नसम्म भ्याउनु भएन । पहिलो लटमा आएको सायकल अलि गाह्रो थियो । यसमा सायकलको ब्राण्डको नामपनि लेखिएको थियो । दोश्रो लटका साइकल अलि हलुंगो छ । ब्राण्डको नामपनि छैन । भनेर हजुरका पिए,सिए तथा आसेपासेहरुले सम्झाएनन ? मधेस प्रदेशमा अचेल लोकतान्त्रिक समाजवादी पार्टीवाहेकका प्रायः सम्पूर्ण दल सहभागी छन् ।

मन्त्रीजीहरु चाहे जुनसुकै दलका होउन , उनिहरु संघीयता पक्षधर छन र अ–आफ्ना पार्टीभित्र स्थायी सत्ताधारी वर्गका नेताहरुको उपेक्षा सहेर यहाँसम्मको यात्रा गरेका छन् । हजुरहरुको कृयाकलापका कारण संघीयता बिरोधीहरुलाई भन्न सजिलो नहोस् कि मुलुक संघीयता धान्न सक्दैन । संघीयता बिरोधीको पछिल्ला भाष्यलाई परिवर्तन गर्न हजुरहरु अझ खाडिएर अघि आउनु पर्दछ । भ्रष्टाचार,जातिवाद,नातावादी कृपावाद भन्दा माथि उठ्नु पर्दछ । हजुरहरुको काम कार्यवाहीले संघीयतामाथि ग्रहण लाग्नु भएन । अन्यथा संघीयताका लागी रगत बगाएका शहिदहरुले धिक्कार्ने छन् ।

Comment


Related News

Latest News

Trending News