२०७९ श्रावण २२, आईतवार ०७:३६

नेपाल– भारत सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाले सीमा बन्द गराउन चीनले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

शनिबार जनकपुरधाममा समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो आरोप लगाएका छन् । चीनले गरिरहेको षड्यन्त्र बारे उल्लेख गर्दै उनले विगत सात वर्षमा १५ सय चिनिया नागरिक नेपालमा आएर अपराधिक गतिविधि गरिरहेको आरोपमा पक्राउ परेको र एक सय ९८ जना मात्र भारतीय नागरिक पक्राउ परेको जानकारी दिए । यो विवरण नेपाल सरकारको रहेको उनले बताए । चीनले नेपाल र भारतसँगको सम्बन्ध टुटाउन यस्तो गतिविधि गरिरहेको उनको तर्क छ । ‘नेपाल– भारत सीमा बन्द गराउने उद्देश्य राखी चीनले यस्तो क्रियाकलाप गर्दै आइरहेको छ,’उनले भने,‘चीनले नेपाल–भारतको सीमामा तारबार लगाउन चाहना राखेको छ ।

विभिन्न माध्यमबाट पटक पटक यस्तो आवाज पनि उठ्दै आएको छ ।’ पछिल्लो समय नेपालमा चिनिया नागरिक आउने क्रममा वृद्धि भएको उनले बताए । सीमा विवाद र व्यवस्थापन समितिमा स्थानीय व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने र सीमामा दुबै तर्फका प्रहरीले गर्ने व्यवहारमा सुधार ल्याउनु पर्ने उनको भनाइ छ । सीमा क्षेत्रका जनताहरु निश्चित दूरी सम्म यातायातका सवारीहरु र धार्मिक, साँस्कृतिक, शैक्षिक प्रयोगको लागि भन्सार कर शत प्रतिशत छुटको व्यवस्था हुनुपर्ने उनले बताए । निश्चित रकम सटही व्यवस्थापन हुनुपर्ने, नेपाली रुपैयाँलाई भारतीय रुपैयाँ बनाउँदा हुने समस्यालाई अन्त्य गर्नुपर्ने र बेटी रोटीको सम्बन्ध कायम रही राख्न सरकारले पहल गर्नुपर्ने जनताको माग रहेको उनले सुनाए । उनले खुल्ला सीमाका आयाम, समस्या, आर्थिक पक्ष, असर र मांगहरु समेटेर सम्बन्ध सुधारका लागि एक कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल–भारतबीच एक हजार आठ सय ८० किलो मिटर लामो सीमा रेखा छन् ।

Comment


Related News

Latest News

Trending News