२०७९ श्रावण २४, मंगलवार ०७:४२

टुटेश्वरबाट फर्केका ११ हजारभन्दा बढी बोलबमका श्रद्धालुलाई कावरिया सेवा समितिले निःशुल्क भोजन गराएको छ ।

साउनको पहिलो सोमबारदेखि चौथो सोमबारसम्म आइपुग्दा ११ हजारभन्दा बढी कावरियालाई निःशुल्क भोज गराएको समितिका अध्यक्ष महेश्वर महतोले बताए । उनले महिनाको पहिलो सोमबार टुटेश्वरमै निःशुल्क भोजनको व्यवस्था गरेपनि त्यसयता गौशाला नगरपालिका –२ निगौल चौकमै कावरियाहरुका लागि निःशुल्क भोजनको व्यवस्था गर्दै आएको बताए । समितिले प्रत्येक सोमबार टुटेश्वर महादेवको दर्शन गरेर फर्कदै गरेका बोलबम यात्रुहरुलाई गौशाला –२ निगौल चौक स्थित दुर्गा मन्दिरको प्रांगनमा निःशुल्क भोजनको व्यवस्था गर्दै आएको छ । अध्यक्ष महतोले प्रत्येक बर्ष साउनमा बोलबम यात्रुहरुका लागि निःशुल्क भोजनको व्यवस्था गर्दै आएकोमा यस पटकपनि त्यसलाई निरन्तरता दिएको बताए । समितिले सरस्वती ज्ञानोदय सेकेन्ड्री इंग्लिस बोर्डिङ्ग स्कुल र समितिका पदाधिकारीहरुको आन्तरिक सहयोगबाट निःशुल्क भोजनको आयोजना गरेको महतोले बताए ।

Comment


Related News

Latest News

Trending News