२०७९ श्रावण २४, मंगलवार ०७:४८

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनपुरधामले करारमा कर्मचारी भर्नाको लागि गरेको विज्ञापन खारेजको माग गर्दै उच्च अदालत जनकपुरमा रिट परेको छ ।

धीरज कुमार यादवले प्रतिष्ठानसमेत दुई जनालाई विपक्षी बनाई दिएको रिटमा सोमबार अदालतले १५ दिनभित्र विपक्षी र मुख्य न्यायाधिवक्ताको कार्यालयलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । साउन १ गते देखि अस्पतालले एक सय ३२ जना कर्मचारीलाई काम नगर्न सूचना जारी गरेको थियो । अस्पतालले त्यही दिन एक सय ३२ जना विभिन्न पदका कर्मचारी माग गरेको थियो । सोही विज्ञापन विरुद्ध हटाइएका कर्मचारीहरु आन्दोलित भएका थिए । हटाइएको कर्मचारीको करार अवधि बढाउनु पर्ने नभए विज्ञापन खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=KDqAg-j0vPw

Comment


Related News

Latest News

Trending News