नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमंत्री केपी शर्मा ओलीले समृद्ध नेपाल र खÞुशी नेपालीको लागि बर्तमान गठबन्धनका सरकारलाई फाल्नुको बाहेक कुनै विकल्प नरहेको बताएका छन् ।
नेकपा एमाले जिल्ला कार्यसमिति रौतहटले गौर स्थित व्यारेक मैदानमा सोमबार आयोजना गरेको बृहत् पार्टी प्रवेश एवं जनसभा कार्यक्रममा ओलीले विकास विरोधी भ्रष्टाचारको बढ़ावा दिने सरकार गठबंधन भएकोले नहटाए सम्म मुलुकको समृद्धि र विकास सम्भव नरहेको दाबी गरे । एमाले नेतृत्वको सरकारले रौतहटमा विकासको लागि राखेको योजनाहरु सहित देश भरिका शहरी विकास पूर्वाधार सड़क निर्माणका १४ सय योजनाहरु हटाएको आरोप लगाए । गौरको विकासको लागि आफ्m्नो नेतृत्वको सरकारले शहरी विकास मंत्रालय मार्फत राखेको सवै योजना वर्तमान सरकारले हटाएर विकास विरोधी भएको प्रमाणित भएको कारण आउँदो निर्वाचनमा ५ दलीय गठवन्धनलाई पराजित गरेर एमालेको सरकार बनाउन मतदान गर्न आग्रह समेत गरे । गठवन्धन सरकारलाई बागमती तथा लाल बकैया नदी नियंत्रणको लागि छिमेकी मुलुकसंग कुरो गर्ने हैसियत नभएको भन्दै ओलीले आफूले शुरू गरेको डुवान समस्याको स्थायी समाधानको योजना समेत हटाएको आरोप लगाए । उनले परमादेशी सरकारबाट देश र जनताको उन्नति प्रगति समेत हुन नसक्ने ठोकुवा गरे । खÞुशी नेपाली र समृद्ध नेपालको लागि एक मात्र एमालेको बहुमतको नेतृत्व रहेको जिकिर गरे । २१ महिनासम्म सरकारका नेतृत्व गरेका माधव नेपालले रौतहटको गौरको विकासको लागि केही गर्न नसकेको कारण असक्षम नेता रहेको टिप्पण्ी गरे । विकास विरोधी ,मजदुर ,किसान ,युवाको रोजगारीको लागि केही गर्न नसक्ने असक्षम सरकार गठबन्धनको सरकार रहेको आलोचना समेत गरेका पूर्व प्रधानमंत्री ओलीले आउदो निर्वाचनबाट एमाले ठूलो दल बन्ने ठोकुवा गरे । कार्यक्रममा पूर्व उपप्रधानमंत्री रघुवीर महासेठले गठवन्धनको सरकारको कारण मुलुकको अर्थतन्त्र धराशायी हुन लागेको आरोप लगाए ।
पूर्व मंत्री प्रभु साहले रौतहटको जनताको विकासबाट पछि पर्ने गठवन्धनको सरकार रहेको बताए । शहरी विकास मंत्री हँुदा रौतहटको विभिन्न सहरलाई सहरीकरण गर्ने उद्देश्यले राखेको बजेट पनि वर्तमान सरकारले हटाएर जनभावना विरुद्ध कार्य गरेको भनी कडा आलोचना गरे । राजदेवी नगरपालिकाको वड़ा नम्बर ६ र ५ को बीच बागमती नदीमा एमालेको सरकार बन्ने पछि पक्की पुलको निर्माण गराउने उनले बताए । खÞराब मौसमको कारण ढिलो आएका पूर्व प्रधानमंत्री ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव एवं पूर्व नगर प्रमुख अजय कुमार गुप्ता , नेपाली कांग्रेसका जिल्ला सचिव राजेश चौधरी , पूर्व संविधान सभा सदस्य चन्दन जैसवाल गढ़ीमाई नगरपालिकाका पूर्व उपप्रमुख सुभद्रा गुप्तालाइ पार्टी प्रबेश गराएका थिए । नेपाली कांग्रेसका राजीव कुमार सिंह , राजू साह , नेकपा माओवादीका भोला पांडेय , अनिता पांडेय , लोसपाबाट निर्वाचित भएका पूर्व वड़ा अध्यक्ष श्याम सुन्दर पटेल , राम स्वार्थ राय यादव , वड़ा सदस्य भैरो महतो , विद्यार्थी नेता ओम प्रकाश साह मधेशिया , सीके जैसवाल ,लगायत ५ हजार ७ जना नेपाली कांग्रेस , नेकपा एस , लोसपा , माओवादी , जसपा पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रबेश गरेका थिए ।



