अपडेट 
२०७९ श्रावण २४, मंगलवार ०८:१७

प्रसौनी गाँउपालिकाका अध्यक्ष बिनोद प्रसाद जयसवाल र प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार केसरीले प्रतिपक्षमा रहेको पाँच दलीय गठबन्धनलाई बाईपास गरी गाँउ परिषद् चोरबाटो गर्ने खोजे आफूहरुलाई मान्य नहुने बताएका छन् ।

अध्यक्ष जयसवार अल्पमतमा भएपनि बहुमत कार्यपालिका सदस्यहरुलाई गुमराहमा पार्ने काम साउन २१ गते गरेको हँुदा सोमवार पत्रकार सम्मेलनको आयोजना गरी पाँच दलीय गठबन्धन भित्र रहेका नव निर्वाचित वडा अध्यक्ष,कार्यपालिका सदस्यहरुले अध्यक्ष जयसवालले गरेका गलत कामको भन्डाफोर गरेका छन् । ३९ जना गाँउसभा सदस्य रहेकोमा पाँच दलीय गठबन्धनमा २२ जना रहेका छन भने १५ कार्यपालिकाको बोर्डमा पनि गठबन्धनमा १० जना कार्यपालिका सदस्य रहेको हुँदा समेत पनि लोकतान्त्रीक परिपार्टीलाई नै धज्जी उडाउँदै आफूहरुसंग कुनै प्रकारको छलफल नै नगरी गाँउसभा गरेको नाटक मंचन गरी आप्mनो पक्षका कार्यपालिका सदस्यहरुलाई विभिन्न प्रलोभनमा पार्ने प्रयास गरी खेतमा काम गर्ने अवस्थामा पनि माईनेट लिएर सही गराउने सम्मको काम गरिरहेको वडा नम्बर ६ का वडाअध्यक्ष वृजकिशोर कुसवाहाले जानकारी दिए । त्यति मात्र नभई विषयगत समितिको बैठक, योजना तर्जुमा समितिको बैठक, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, राजस्व परामर्श समितिको समेत बैठक नबसी गाँउ परिषद् गर्दा कुन कुन योजना कहाँ कहाँ कति कति बजेट दिने बारेमा पनि कार्यपालिकाबाट निर्णय समेत नगरी बहुमतलाई उपेक्षा गरी अध्यक्ष जयसवाल र प्रमुख प्रशासकीय अधिकृत केसरीले जोरजबरजस्ती कानून विपरीत गाँउ परिषद् गरेको हँुदा सो बिषयगत समितिहरुको बैठक यथाशीघ्र बोलाई विभिन्न वडाहरुबाट संकलन गरिएको योजनाहरु कार्यपालिकाबाट अनुमोदन गरी सबै प्रक्रिया पुरयाई पाँच दलीय गठबन्धनलाई सरिक गराई पुनः गाँउ परिषद् बोलाउन पत्रकार सम्मेलन मार्फत माग गरेका छन् ।

ऐन संशोधन,नियमसंगत गाँउ परिषद्, बिषयगत समितिको बैठकको माग समेत गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सुनिल र लेखापाल प्रेमबाबु पटेल र केही कर्मचारीहरुको निजी स्वार्थका कारण नगरपालिकाको कार्यालय तहननहस भई निर्वाचित प्रतिनिधिहरु बीच नै विवादको वतावरण सृजना पटक पटक गराउँदै आएको सो पत्रकार सम्म्ेलनमा जानकारी दिएको थियो । लेखापाल प्रेमबाबु त नगरपालिकाको केन्सर भएको हँुदा नैतिकताको आधारमा प्रसौनी गाँउपालिकाबाट अन्यत्र जान सुझाव दिदै नगए कार्यालयमा प्रवेश समेत निषेध गर्ने वडाअध्यक्ष कुसवाहाले भने । अर्कोतिर प्रमुख प्रशासकीय अधिकृत केसरीले एमालेमय योजनाहरु ल्याउनमा सघाउने र एमालेबाट जितेको वडाहरुमा कामकाज निर्वाध रुपमा गर्ने गराउन भुतmानी समेत दिने गरेको र कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीबाट जितेका वडाअध्यक्षहरुको वडामा विभिन्न प्रकारको बखेडा झिकी विकासको काममा अवरोध गर्ने गरेको वडा अध्यक्ष साहले आरोप लगाए । प्रमुख प्रशासकीय अधिकृतको सर्तकता केन्द्र काठमाण्डुमा सरुवा भएको भएपनि फेरि पनि प्रसौनी गाँउपालिकामा आउने ताना बुन्दै गरेको हामीले सुईको पाएको छु । यदि फेरि केसरी प्रसौनीमा पाईला टेके कार्यपालिकाको बहुमत बोर्ड सदस्यहरुको निर्णय गरी केसरीलाई धपाउने काम पनि आफूहरु गर्ने बाध्य हुन वडा अध्यक्ष याकुब अंसारीले भने ।

४८ करोड ४६ लाख ७५ हजार बजेट रहेको हँुदा प्रत्येक वडामा ८० लाख र कार्यपालिका सदस्यहरुलाई जनही ५ लाख रुपैया दिने सहमति भएपनि किन के उद्देश्यले अध्यक्ष जयसवालले गाँउ परिषद् फर्जी गर्न खाजेको हो वडाअध्यक्ष छोटेलाल प्रसादले प्रश्न गरे । पत्रकार सम्मेलनमा वडाअध्यक्षहरु बृजकिशोर साह, हृदय कुमार साह, छोटालाल प्रसाद, याकुव अंसारी, कार्यपालिका सदस्यहरु सुनैना देवी कलवारिन, शिवजी कुमार लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News