![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/08/Nitish_Kumar_1200x768_0.jpeg)
भारतको बिहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री नितिश कुमारले मंगलबार राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राज्यपाल चौहानलाई भेटेपछि नितिश कुमारले सञ्चारकर्मीहरूलाई आफूले पदबाट राजीनामा दिएको बताएको बीबीसी जनाएको छ ।
राजीनामापछि उनले भने, ‘पार्टीका सबै विधायक र सांसदहरू एनडीए गठबन्धनबाट अलग हुन चाहन्छन् ।’ गठबन्धनमा सहभागी भारतीय जनता पार्टीसँग मतभेद बढेपछि जनता दल युनाइटेडले मंगलबार बिधायक र सांसदहरूको बैठक बोलाएको थियो ।
उक्त बैठकले एनडीए गठबन्धन छाड्ने निर्णय गरेको र उक्त निर्णयलाई आत्मसाथ गर्दै आफूले राजीनामा दिएको उनले स्पष्ट पारे ।