कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साहले उपमहानगरपालिकालाई भ्रष्टाचार मुतm बनाउनका लागि कुनै कसर बाकी नराख्ने प्रतिवद्धता ब्यतm गरेका छन् ।
मंगलवार पत्रकारहरुसंग कुराकानी गर्दै उपमहानगरपालिकामा आफू भ्रष्टाचार गर्दैन र अरुलाई पनि गर्न दिन्नौ बताए । शिक्षा, स्वास्थ्य, कृषि मेरा पहिलो प्राथमिकता रहेको प्रष्ट पार्दै नगरप्रमुख साहले कार्यालयमा रहेको बेथिती अन्त्य गर्ने दिशामा अग्रसर भई अगाडि बढीरहेको उनले बताए । जेठ १२ गते सपथ लिएर २५ गते देखि नगरपालिकामा कामको शुरुवात गरेको बताउदै नगरमा सरसफाई, शिक्षाको बेतिथीलाई अन्त्य गर्नका लागि आफूले पहिलो बिद्यालयबाट छड्के अनुगमनको कार्य थालनी गरेको प्रष्ट पारे । त्यति मटियर्वा सडकखण्डको मुआब्जा फ्रिज भएको रकम पहल गरी फिर्ता मगाउने काम समेत गरेको जानकारी दिए । भरतचोकमा सुलभ शौचालयको निर्माण गर्ने, बजारलाई व्यवस्थित गर्ने, टा«फिक व्यवस्थापन गर्ने,नालामा जम्ने गरेको पानीलाई व्यवस्थित गरी पानीको निकास निकाल्ने जस्ता महत्वपूर्ण कामहरु गर्ने सोच रहेको उनले जानकारी दिए ।



