२०७९ श्रावण २५, बुधबार ०७:०१

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखको रुपमा कार्यभार सम्हालेका प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका सञ्चारकर्मी र उद्योगी ब्यवसायीहरुसँग शान्ति ,सुरक्षाको स्थितिको बारेमाछलफल गरेका छन् । कार्यक्रममा प्रहरी उपरीक्षक बोगटीले पत्रकारहरुसँग पत्रकारिताको क्रममा देखा परेको समस्या र वस्तु स्थितिको बिषयमा जानकारी पनि लिएका थिए । पत्रकारहरुलाई प्रहरी उपरीक्षक बोगटीले आफू विभिन्न ठाउँमा बसेर प्रहरी प्रबक्ताको जिम्मेवारी निर्वाह गरिसकेकाले पत्रकारहरुलाई सहजै सूचना पाउने बातारण मिलाउने सिलसिलामा प्रतिवद्ध रहेको बताए ।

Comment


Related News

Latest News

Trending News