२०७९ श्रावण २५, बुधबार ०७:११

सर्लाहीमा बोक्सीको आरोप लगाएर एकल महिलामाथि कुटपिट भएको छ ।

जिल्लाको बलरा नगरपालिका वडा न–१० सुदामाकी ३६ वर्षीया रिता देवी ठाकुरमाथि कुटपिट भएको हो । आइतवार सुदामा बस्ने भोला भण्डारीका छोरा चुनचुन भण्डारी र भोलाकै अर्का छोरा संजय भण्डारी घरमा आएर आफूलाई गालीगलौज गर्दै निर्घात रुपमा लछारपछार गर्दै कुटपिट गरेको र सो घटनाको बारेमा जानकारी गराइ शान्ति सुरक्षाको लागि इलाका प्रहरी कार्यालय गडहिया डुमरियामा उजुरी गर्दा बिपक्षीहरुले थाहा पाई पुनः सोही राती ७ बजे चुनचुन र संजय सोही ठाउँ बस्ने बासदेव भण्डारी र भागरिथ भण्डारीको छोरा राकेश भण्डारीको साथमा मेरो आगनमा आएर हुलहुज्जत गरी निर्घात रुपमा कुटपिट गरेको पीडित रिता देवीले बताइन । उनीहरुले आफूलाई मलमुत्र समेत खुवाउने प्रयास गर्दा छुट्टाउन आउने छिमेकी र बालबालिकाहरुलाई समेत उनीहरूले कुटपिट गरेको रिताले रुँदै बताएकी छन् । बोक्सीको आरोपमा कुटपिट गरिएकी रिताको प्रादेशिक अस्पताल मलंगवामा उपचार गरिएको छ ।

उनले कुटपिटमा संलग्न चारैजनालाई बिपक्षी बनाएर मंगलबार छिमेकीहरुको सहयोगमा मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दर्ता गराएकी छन् । पीडित रिताको श्रीमान मुकेश ठाकुरको केही समय अगाडि मृत्यु भइसकेको छ । १६ वर्षको एक छोरा र ७ वर्षकी एक छोरीकी आमा रिता देवीको छोरा रोजगारीको लागि गाउँबाहिर बस्दै आएको छ भने छोरी उनीसँगै गाउँमै बस्दै आएकी छन् । ्आफूमाथि ठूलो अन्याय भएको दुखेसो पोख्दै उनले दोषीलाई कारबाहीको दायरा ल्याएर आफूलाई न्याय दिलाइदिन भन्दै मानवअधिकारकर्मी, पत्रकार, बुद्धिजीवी, राजनितीकर्मी लगायतकाहरु सँग आग्रह गरेकी छन् ।

 

Comment


Related News

Latest News

Trending News