२०७९ श्रावण २५, बुधबार ०७:२४

गत आर्थिक बर्षमा २९ हजार २ सय ५१ जनालाई नया नागरिकता वितरण गरिएको छ ।

२०७८ साल देखि २०७९ असार सम्ममा जिल्ला प्रशासन कार्यालय बारा ,इलाका प्रशासन कार्यालय सिमरा ,ईलाका प्रशासन कार्यालय सिम्रौनगढ र ईलाका प्रशासन कार्यालय कोल्हबीबाट २९ हजार २ सय ५१ जनालाई नागरिकता बितरण गरिएको छ । गत आर्थिक बर्षमा जिल्ला प्रशासन कार्यालय बाराले बंशज नागरिकता १७ हजार ९ सय ४२ जनालाई ,बैवाहिक अङ्गीकृत १ हजार ७ सय ५९ जनालाई, अङ्गीकृत सात जनालाई वितरण गरेको छ । त्यस्तै इलाका प्रशासन कार्यालय सिमराले वंशज नागरिकता ५ हजार ९ सय जनालाई र बैवाहिक अङ् गीकृत नागरिकता २ सय ३४ जनालाई वितरण गरेको छ । सिम्रौनगढ नगरपालिकाले बंशज नागरिकता ३ हजार १ सय १५ जनालाई र बैवाहिक अङ्गीकृत नागरिकता ५ सय ९३ जनालाई बितरण गरेको छ । कोल्हबी नगरपालिकाले बंशज नागरिकता २ हजार २ सय ९४ लाई र बैवाहिक अङ्गीकृत नागरिकता १५ जनालाई बितरण गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । बारामा १५ हजार ५३ वटा प्रतिलिपी नागरिकता बितरण गरिएको छ ।

 

Comment


Related News

Latest News

Trending News