२०७९ श्रावण २५, बुधबार ०७:३२

मौलापुर नगरपालिकामा रहेका पुरातात्विक महादेव मन्दिर भक्तजनहरुको आकर्षणको केन्द्र बन्दै गएको छ ।

स्थानीय वड़ा नम्बर ५ पतौरामा रहेका उक्त महादेव मन्दिरमा अन्य ठाउबाट दर्शन गर्न आउने श्रद्धालु शिवभक्तहरुको बढ्दै गएको आस्था र विश्वासको कारण मन्दिर आकर्षणको केन्द्र बन्दै गएको छ । करिव १ दशक पहिला जमीन मुनिबाट निस्केका पौराणिक युगको मन्दिरलाई नगरपालिकाले सौन्दर्यकरण गरी विभिन्न अवसरमा कार्यक्रम आयोजना गर्दै आएको कारण सो मन्दिर अहिले प्रसिद्ध मंदिरको रुपमा चर्चा पाएको छ। शिवरात्रि , बसंतपंचमी तथा साउन महिनामा सोमवारी पर्वको अवसरमा सो मन्दिरमा धार्मिक तथा सांस्कृतिक महोत्सव , आयोजना गर्ने गरिएको मौलापुर नगरपालिकाले जनाएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र पछि घोषणा भएको स्थानीय सरकारको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका नेता एवं रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहको श्रीमती नगर प्रमुखमा निर्वाचित भएपछि सो मन्दिरको सौन्दर्यकरणको कार्य तीब्र पारिएको थियो ।

पुरातात्विक विभागबाट विशेषज्ञको टोलीद्वारा जांच गराउँदा धेरै बर्ष पुरानो मन्दिरको संरचना फेला परेपछि उत्खननको कार्य अघि बढ़ाइएको थियो । नगरपालिकाबाट सो पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गराउने उद्देश्यले नगरपालिकाले समय समयमा ठूल ठूला महोत्सव आयोजना गर्न लागेको छ । सोमवारी पर्वको अवसरमा आयोजना गरिएको सोमवारी महोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा पूर्व सांसद साहले पुरातात्विक महादेव मंदिर अहिले देश र विदेशमा चर्चा पाएको समेत दावी गरे । इच्छा आकांक्षा पुरा हुने विस्वास स्थानीयहरुको रहेका छन । आकर्षक रुपमा मन्दिरलाई सजाइएको करण सो मन्दिरको रौनकता झल्कि रहेको छ

 

Comment


Related News

Latest News

Trending News