२०७९ श्रावण २५, बुधबार ०७:५२

गाईवस्तु पाल्न नसक्ने टुङ्गो गरेर घरका पशुवस्तु हटाएका महोत्तरीको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका किसान दीपनारायण चौधरी थारूले यसपालि फेरि एउटा कोरली गाई (वयस्क हुँदै गरेकी बाछी) र एउटा बहर (वयस्क हुँदै गरेको बाछा) जोडेका छन् ।

आवश्यकताले हलगोरु नै चाहिएको भए पनि अहिले आर्थिक अवस्थाले नदिएपछि थारूले एक÷एकवटा कोरली र बहर जोड्ेका हुन् । गाउँघर वरपर खेतबारी जोत्न ट्याक्टर चल्न थालेपछि करिब दुई दशकअघि थारूले एक÷एक गरेर घरका पशुवस्तु हटाउँदै गएका थिए । जसले पनि खेतबारी जोत्न ट्याक्टर लाउन थाले, अनि वस्तु पाल्न चरणदेखि जनशक्तिको पनि अभाव हुन थाल्यो र हटाएको थिएँ’, ६५ वर्षीय थारू भन्छन अब फेरि काम गर्न गोरुमै फर्कन पर्नेजस्तो भयो, त्यसैले एउटा कोरली र बहर जोडी राखेको हुँ ।’ पछिल्ला दिनमा इन्धनको मूल्यमा छिनछिनमा उतारचढाव हुँदा जोताइको लागत बढ्दै जानु, मल (रासायनिक मल) भनेको÷चाहिएको बेला नपाइनु र सांस्कृतिक परम्परा (घरमा एउटा गाई हुनुपर्ने हिन्दू परम्परा) थेग्न नै पनि निम्न मध्यम वर्गीय किसान फेरि गाईवस्तु जोड्न लागेका छन् । आर्थिक अवस्थाले हलगोरु नै जोड्न सक्नेले हल नै बाँध्दैछन् । कति निम्नवर्गीय किसान छिमेकका दुईजना मिलेर एक÷एकवटा गोरु किनेर पालो मिलाई खेती चलाउन थालेका छन् । धेरैजसो केही वर्षपछि घरमै हल जोड्ने धुनले कोरली गाई किनेर भविष्यको मीठो सपना साँच्दैछन् । घरमा एउटा मात्र गाई छ भने भोलि बहर दिने आश हुन्छ, घर लिपपोत गर्न गोबर खोज्न अन्त धाउनु पर्दैन’, भङ्गाहा–४ पलारका गरिब किसान अनुठी सिंह दनुवार भन्छन,त्यसैले अहिले दुईवर्षे कोरली ल्याएको छु, आघौँ त पक्का थप बाछाबाछी पनि पाइने आश बढ्छ ।’ घरमा एक÷दुईवटा गाईवस्तु पालिएका छन् भने तिनले खाएर मिल्किएको घाँस र ओछ्याइने सेउलामा गहुँत र गोबर मिसाएर कम्पोष्ट मल बनाएर करेसाबारीमा हाले सधैँभरिको मलको हाहाकारबाट पनि राहत मिल्ने दनुवारको भनाइ छ । जिल्लाको बर्दिबास–७ जुरेटोल बनराका किसान जागेश्वर यादव र वीरेन्द्र यादवले रैथाने गाई नै गोठमा एक सयको हाराहारीमा पु¥याएका छन् । हेर्नोस्, मेरा त माउ गाई, बहर, कोरली र साना बाछाबाछी गरेर गोठमा एक सय १० पुगी सकेका छन्, ६० वर्षीय जागेश्वर यादवले भने, यसपालि नयाँ वर्ष लागेयता नै बहर र कोरली बेचेर नै लगभग तीन लाख आम्दानी भएको छ ।’

जेर (बथान) मा बस्ने रैथाने गाईले दूध कम दिने भए पनि यिनको दूध अत्यन्त गुणकारी र स्वादिष्ट हुनाले बजारको भन्दा बढी मूल्यमा गोठमै बिक्ने गरेको जागेश्वरको भनाइ छ । जागेश्वरकै छिमेकी वीरेन्द्रकै गोठमा पनि करिब एक सयको हाराहारीमा गाईवस्तु छन् । रैथाने गाई हावापानीमा जन्मीहुर्की बढेका हुँदा रोग कम लाग्ने र चरणबाट अघाउने हुन्छन् । हिउँद लागेपछि खेतबारी मल्न टाढा टाढाबाट बथान ल्याइदिन बढी जग्गा हुने किसानले बोलाउने गरेका वीरेन्द्र बताउछन । हिउँदमा बर्दिबासतिरको जङ्गलमा घाँस पातलिने हुँदा दक्षिणी भेगमा धान काटिएका खेतमा चरण पनि हुने, बथान राखी दिएबापत थप नगद पनि पाइने र गाई चरुवाको खानपान व्यवस्थापन पनि गोठ राखिने खेतकै किसानले दिने भएपछि झन् सजिलो हुँदै आएको वीरेन्द्रको भनाइ छ । पछिल्ला केही वर्षयता हुँदै आएको मलको हाहाकारले पनि किसान फेरि गाईवस्तु जोड्न लागेका छन् । मल आफैँ बनाउन सकिने र चाहेका बेला खेत जोत्न अरूको मुख ताक्नु नपर्ने भएकाले फेरि गाईवस्तु पाल्न थालिएको रामगोपालपुर नगरपालिकाको महनपुरका किसान कादिर हुसैन बताउछन । ट्याक्टरले चाँडै जोतिने भनेर गाईवस्तु पाल्न झन्झट बुझ्यौँ, समयक्रममा ट् याक्टरको भाडा निकै बढ्दै गएको र भनेको चाहिएको बेला नपाइने भएपछि बिस्तारै खेतीका लागि गोरुमै फर्कन लागिएको हो’, कादिर भन्छन, अनि ट्याक्टरले खेतका छेउकुना पनि भेट्दैन, गोरुले कुनाकुना जोत्न सकिन्छ, त्यसैले अहिले कोरली गाई फेरि गोरु किनेर ल्याएको छु ।’

 

Comment


Related News

Latest News

Trending News