अपडेट 
२०७९ श्रावण २५, बुधबार १६:११

प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित दुईवटा विधेयक पारित गरेको छ । बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो । 

उक्त विधेयक पारित गरिनु अघि दफावार छलफल भएको थियो । दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी दिए ।

Comment


Related News