२०७९ श्रावण २५, बुधबार १७:१८

वनमन्त्री प्रदीप यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिईने बताउनु भएको छ ।

सामुदायिक वन दिवस २०७९ का अवसरमा बुधबार वन तथा भू संरक्षण विभागले ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले मुआब्जा पाईसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि मन्त्रालयबाट अनुमति दिईने बताउनुभएको हो । आफु व्यक्तिगत रुपमा उक्त बिमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिने धारणा राख्नुभयो । पहिले मुआब्जा पाइसकेको वनको कब्जा गरिएको करिब ५ सय हेक्टर जमिन खाली हुनु पर्ने तथा विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता हुनु पर्ने मन्त्रालयको माग रहेको मन्त्री यादवले जानकारी गराउनुभयो । विभिन्न नाटक गरेर पैसा खाइदिने तर विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नहुने षड्यन्त्र भएकाले यसलाई अन्त्य गर्ने उहाको भनाई छ । उहाले सरकारले बिमानस्थलका लागि छुट्टाएको ३० करोड रुपैयाले कुनै हालतमा विमानस्थल बन्न नसक्ने बताउनुभयो ।

मन्त्री यादवले केही षड्यन्त्रकारीहरुले पछिल्लो समय वनको जग्गा सुकम्बासीका नाममा कब्जा गर्ने, अतिक्रमण गर्ने, वन जङ्गल मास्ने, फडानी गर्ने कार्य गरीरहेकले त्यसरी कब्जा गरिएका जग्गा खाली गराएरै छोड्ने जिकिर गर्नुभयो । मिचिएका तथा अतिक्रमण गरिएका सरकारी जमिन निकट भविष्यमै खाली गराउने तथा फिर्ता ल्याउने अभियानमा आफु निस्किने तयारीमा रहेको समेत मन्त्री यादवले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News