अपडेट 
२०७९ श्रावण २६, बिहीबार ०६:२८

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा बुधबार आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख मीरा यादवले जानकारी दिए । आगलागीबाट गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको नगर उपप्रमुख यादवले बताइन । आगलागीबाट घर, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर र पशु चौपायासहित लाखौँको धनमाल जलेर नष्ट भएको पीडित बताउछन् । डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवले बुधबार आगलागी पीडितसँग भेटघाट गरी नगरपालिकाले तत्काल राहतको व्यवस्था मिलाउने बताए।

Comment


Related News