२०७९ श्रावण २६, बिहीबार ०६:४५

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष विनोदकुमार साहले कक्षा ४ देखि १२ सम्मका पाठ्य पुस्तक समयमा उपलव्ध नगराएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । कक्षा १२ सम्मको पाठ् यपुस्तक उपलव्ध गराउने जिम्मा जनक शिक्षा सामग्री केन्द्रले लिएपनि साउन महिना वित्न लाग्दा समेत विद्यार्थीहरुको हातमा पुस्तक नपरेको भन्दै सात दिन भित्र पुस्तक उपलव्ध नभए आन्दोलनमा जाने चेतावनी दिइएका छन् । मधेश प्रदेशमा शिक्षाको स्तर कमजोर रहेको विषयलाई लिएर हामी पुस्तक व्यवसायीहरुले जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय जनकपुरधाम मार्फत पाठ्यपुस्तक उपलव्धताकोलागि सम्वन्धित निकायलाई जागरुक गराएका छौं अध्यक्ष साहले भने– ‘सात दिन भित्र पुस्तक उपलव्ध नराए चरणवद्ध आन्दोलनमा जान बाध्य हुनेछौं ।’ गर्मीविदा सकेर विद्यालयहरु खुलेपनि अहिले सम्म सम्पूर्ण विद्यार्थीहरुले पुस्तक पाउन सकेका छैनन् । विद्यार्थीहरुले पनि पुस्तक नपाउँदा मानसिक रुपमा तनाव वेहोरि रहेका छन् ।

Comment


Related News

Latest News

Trending News