२०७९ श्रावण २६, बिहीबार ०६:५९

समाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति रौतहटको प्रथम जिल्ला अधिबेशन बुधवार गौरमा सम्पन्न भएको छ ।

गौर नगरपालिकाको नगर प्रमुख शम्भू साहको प्रमुख आतिथ्यमा संपन्न भएको जिल्ला अधिबेशनबाट दिनेश यादव संगमको नेतृत्वमा समाजवादी प्रेस संगठनको नयाँ जिल्ला कार्य समिति गठन गरिएको छ । नव गठित समितिको जिल्ला उपाध्यक्षमा कृष्णा तिवारी,महिला उपाध्यक्षमा रजनी झा , सचिवमा चंचल कुमार झा , कोषाध्यक्षमा रोशाह चौधरी , सदस्यमा प्रेमचन्द्र झा , मदन ठाकुर , राकेश कुमार यादव ,प्रवीण कुमार शर्मा , अजित कर्ण, दिलीप पाण्डेय , राहुल पाण्डेय लगायतका सदस्यहरु निर्विरोध रुपमा सर्व सहमतिबाट चयन गरिएको छ । अधिबेशनको उद्घाटनका अवसरमा गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले पार्टी र संगठन को हकÞमा कलम चलाउनु पर्ने सम्वन्धित संचारकर्मीहरुलाई आग्रह गरे । उनले पत्रकारिता पेशा राष्ट्रको चौथो अंग तथा समाजको आइना भएकोले सत्य तथ्यमा आधारित समाचार लेखनको लागि जोड़ समेत दिए ।

कÞानूनी रुपमा सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्दा अपराध हुने भएकोले सभ्य भाषा प्रयोग गर्न समेत सुझाव दिए । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्की , राष्ट्रिय अनुसन्धानका प्रमुख मुकुन्द बहादुर खडका , केंद्रीय सदस्य शैलेन्द्र गुप्ता , प्रेमचंद्र झा लगायतकाले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

 

Comment


Related News

Latest News

Trending News