२०७९ श्रावण २७, शुक्रबार ०६:४९

इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालको प्रथम महाधिवेशननको सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभा हलमा पार्टीको राष्ट्रिय अध्यक्ष बद्रीनारायण ठाकुरको प्रमुख आतिथ्यमा कार्यक्रम महाधिवेशन सम्पन्न भएको हो । सो क्रममा पार्टीले, विगतमा सरकारलाई बुझाएको ३१ बुंदे माग पत्रको कार्यान्वयन हालसम्म सरकारले नगरेको भन्दै विरोध स्वरुप राष्ट्रिय झन्डासहित रोड मार्च गरेको थियो । महाधिवेशनमा अध्यक्ष ठाकुरले हाल देशको दयनीय अवस्थाको मुख्य जिम्मेवार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राप्रपा, जनमोर्चा भएको आरोप लगाए । त्यस्तै, मधेश आन्दोलन मधेश आन्दोलन नभइ पूर्व राजा ज्ञानेन्द्रले भारतको सहयोगमा मधेशी नेताहरुमा लगानी लगाई मधेशमा उग्रता उदण्डता फैलाएको उनले आरोप लगाए । उनले, अबको एतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले पहाडवासी र मधेशवासीको समान समानुपातिक समावेशिताको लागि आन्दोलनको तयारी गरिरहेको जानकारी गराए । हाल देशमा विद्यमान महगाई बढ्नुको मूल कारण राजनितिक सत्ताधारीहरुको कमिशनखोरी रहेको उनले जिकिर गरे । नेपली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा लगायत पार्टीका नेताहरुको खराब मानसिकता र मधेश र मधेशी समाजलाई समस्याग्रसत बनाई सत्ताको लागि राजनीति गर्ने मनसायका कारण तराईमा बेरोजगारी समस्या, मल खाद्यको अभाव, महगाई लगायतका समस्या हालसम्म विद्यमान रहेको अध्यक्ष ठाकुरले आरोप लगाए । मधेशी नेताहरुले आफ्नो निजि स्वार्थका लागि मधेशी समाजलाई मधेशीको नामले धोका दिईरहेको उनले बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय कमिटीका सदस्य, स्थायी कमिटीका सदस्य, मधेश प्रदेशका जिल्ला अध्यक्ष, महाधिवेशन प्रतिनिधि,जनता समाजवादी पार्टीका प्रतिनिधि, लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधि, जनमत पार्टीका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News